English

आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



युक्रेनी सेनाले रसिया समर्थित विखन्डनकारीलाई आक्रमण गरेको झुटो आरोप लगाएर रसियाले युक्रेन अतिक्रमणको बहाना बनाएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।  

रसियाले विस्फोटको  ग्राफिक तस्वीरहरु बनाएर ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको पनि अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अतिक्रमणको बहानाका लागि रसियाले झुटो विकल्पबारे सोचिरहेको उनीहरुको दाबी छ । 

तर, रसियाले अमेरिकी अधिकारीहरुको दाबीमा कुनै सत्यता नभएको जनाएको छ । आफूले अमेरिकाले दाबी गरेजस्तो कुनै त्यस्तो झुट सांकेतिक कारबाहीको योजना नगरेको रसियाले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभयले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खण्डन गरेका छन् । ‘रसियालाई उत्तेजक बनाउने यो पहिलो प्रतिज्ञा होइन,’ उनले भने, ‘यसअघि पनि यस्तै भनिएको थियो, तर केही भएन ।’

युक्रेनको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि अमेरिका र नेटो फौजले चासो देखाएका छन् । रुसले युक्रेन हमलाको योजना गरेको अमेरिकाले अनुमान गरेको छ ।

यो पनि
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान
कंगोमा ५१ जनालाई मृत्युदण्डको सजाय, कारण यस्तो



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested