English

घरैपिच्छे घरबास, स्थानीय उत्पादनले तान्दै पर्यटक



दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा घरैपिच्छे घरबास(होमस्टे) निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताए । ‘हामीले यहाँ १० वटा होमस्टे सञ्चालनमा ल्याइसकेका छौँ’, उनले भने, ‘अहिलेसम्म सात होमस्टे दर्ता गरेका छौँ, १० वटा होमस्टे सञ्चालन गर्ने गरी तयारी गरेका छौँ ।’

विसं २०७६ देखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा एैतिहासिक महत्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई होमस्टेको सेवा दिने गरेको स्थानीय जीवराज रेउलेले बताए । उनका अनुसार होमस्टेले त्यहाँका स्थानीयवासीको आम्दानीको स्रोत पनि बढेको छ । ‘अहिले कोरोनाले गर्दा केही असहज भएको छ,’ उनले भने, ‘नत्र परिवार पाल्नलाई होमस्टेले हामीलाई निकै सहज बनाएको छ ।’

होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको उनको भनाइ छ । स्थानीय उत्पादन भएको रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरेको रक्सी, जाँड खुवाउने गरेको उनले बताए ।

होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको उनको भनाइ छ । स्थानीय उत्पादन भएको रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरेको रक्सी, जाँड खुवाउने गरेको उनले बताए । सबै जैविक उत्पादन रहेको र सोहीअनुसार पाहुनालाई खुवाउने गरिएको उनको भनाइ छ ।

उनका अनुसार स्थानीय सादा खानालाई रु १२०, मासु खानालाई रु ३००, एक जनामात्रै सुतेको रु १०० लिने गरिएको छ । यो उपमहानगरपालिकाले तोकेको दर रहेको उनको भनाइ छ । होमस्टे उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा ल्याइएको हो । उपमहानगरपालिकाको नियमानुसार आफूहरूले होमस्टे सञ्चालनमा ल्याइरहेको उनले बताए ।

साथै उपमहानगरपालिकाले प्रोत्साहनका लागि विभिन्न बाजागाजा प्रदान गरेको छ । उपमहानगरपालिकाले पुनका अनुसार बाँसुरी, खैजडी, मादल, सारङ्गी, डेग, मगर ड्रेस प्रदान गरेको छ । अहिले होमस्टेका लागि विराटनगर, पाल्पा, नवलपरासी, कैलाली, नेपालगञ्जमात्रै नभई अमेरिकाबाट समेत पर्यटक आएर होमस्टेको आनन्द लिने गरेका छन् ।

एउटा होमस्टेमा आठ जनालाई राख्न सकिन्छ । होमस्टेमा बस्दा सुरक्षाको ग्यारेन्टीसमेत आफूहरुले गर्ने गरेको उनको भनाइ छ । अहिले होमस्टेमा प्रायः शुक्रबार र शनिबार धेरै मान्छे आउने गरेका छन् । एकपटक आइसकेका व्यक्ति पुनः होमस्टेमा आउने गरेका उनले बताए ।

एउटा होमस्टेमा आठ जनालाई राख्न सकिन्छ । होमस्टेमा बस्दा सुरक्षाको ग्यारेन्टीसमेत आफूहरुले गर्ने गरेको उनको भनाइ छ । अहिले होमस्टेमा प्रायः शुक्रबार र शनिबार धेरै मान्छे आउने गरेका छन् । एकपटक आइसकेका व्यक्ति पुनः होमस्टेमा आउने गरेका उनले बताए ।

जिल्लाकै पर्यटकीय हिसाबले उत्तम ठाउँ छिल्लीकोट हो । किनकि त्यहाँ विश्वकै दुर्लभ वनस्पति मल्लागिरि पाइन्छ । त्यत्तिमात्रै होइन, त्यहाँ कुनै समय राजा बसेको ठाउँ पनि हो । उक्त ठाउँ भौगोलिक हिसाबले पनि एकदमै उत्तम स्थान हो । त्यहाँबाट रुकुमपूर्वको सिस्ने, रोल्पाको जलजला तथा धवलागिरि हिमालको अवलोकन गर्न सकिन्छ । त्यस्तै रुकुम, रोल्पा, सल्यान तथा दाङको भू–भागको पनि त्यहाँ अवलोकन गर्न सकिने पुनले बताउनुभयो । सडक सञ्जालका हिसाबले पनि छिल्लीकोट रोल्पाको स्वर्गद्वारीसँग जोडिएको छ ।

यो पनि…
पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बनायो म्युजिक भिडियो
पर्यटकीय गन्तव्यको केन्द्र बन्यो रौतापोखरी



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन