English

धोनीको फरक यात्रा सुरु



दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् । मिथोलोजिकल साइन्स फिक्सन नोबल ‘अथर्वः द ओरिजिनल’मा धोनी सुपरहिरो अवतारमा देखिँदैछन् ।

यिनै धोनीले आफ्नो यो सुपरहिरो अवतारको पहिलो झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले नोबलको टिजर पनि रिलिज गरेका छन् । सार्वजनिक ग्राफिक नोबलको टिजरमा धोनीको एनिमेटेड अवतार हेर्न सकिन्छ । ‘मलाई आफ्नो नयाँ अवतारको घोषणा गर्न पाउँदा खुशी लागेको छ । …अथर्व’, उनले लेखेका छन् ।

टिजरमा धोनीलाई कैयौं राक्षसलाई परास्त गरेको एक योद्धाको रुपमा देखाइएको छ । लामो कपालमा देखिएका धोनीको योद्धा अवतारले सामाजिक सञ्जालमा तारिफ पाइरहेको छ । फ्यानले उनलाई भगवान शिवको रुपसँग तुलना गरेका छन् ।

‘अथर्वः द ओरिजिन’ एक पौराणिक काल्पनिक कथा हो । जसको कथामा एक योद्धाले दानव र राक्षसहरुलाई परास्त गरेको हेर्न पाइनेछ । उपन्यासको कथामा ‘अथर्व’को एक साहसी राजालाई देखाइएको छ । एक युवा राजाले आफ्नो भाग्यसँग लडेको कथा ‘अथर्वः द ओरिजिनल’मा दर्शकले हेर्नेछन् ।

‘अथर्वः द ओरिजिन’ एक पौराणिक काल्पनिक कथा हो । जसको कथामा एक योद्धाले दानव र राक्षसहरुलाई परास्त गरेको हेर्न पाइनेछ । उपन्यासको कथामा ‘अथर्व’को एक साहसी राजालाई देखाइएको छ । एक युवा राजाले आफ्नो भाग्यसँग लडेको कथा ‘अथर्वः द ओरिजिनल’मा दर्शकले हेर्नेछन् । यो एक काल्पनिक कथा भएकाले यसमा कुनै ऐतिहासिक या पौराणिक धार्मिक कथा नरहेको निर्माण पक्षले जनाएको छ ।

धोनीको ‘अथर्वः द ओरिजिन’लाई ‘न्यू एज ग्राफिक नोबल’का रुपमा मानिएको छ । यो नोबल लेखक रमेश थमिलमनीको यही नामको अप्रकाशित पुस्तकको एडप्टेसन हो । यो नोबललाई धोनी इन्टरटेनमेन्टले सार्वजनिक गर्दैछ । धोनी इन्टरटेनमेन्ट धोनीकी पत्नी साक्षीले हेरिरहेकी छन् ।

इन्टरटेनमेन्टका अनुसार ‘अथर्व’ एक थ्रिलर ग्राफिक नोबल हुनेछ । यसमा कैयौं रोचक कथा देखाइनेछ । लेखक थमिलमनी यो ग्राफिक नोबलमा लामो समयदेखि काम गरिरहेका छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।