English

विश्व इतिहासमा आजः फेसबुकको स्थापनादेखि अमेरिकाको पहिलो राष्ट्रपति



आज ४ फेब्रुबरी सन् २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

फेसबुकको स्थापना

सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ । सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रीय कार्यकर्ता छन् । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्।

श्रीलंका स्वतन्त्र

सन् १९४८ मा श्रीलंकाले ब्रिटिश राष्ट्रमन्डलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । १६औं शताब्दीदेखि टापुको देश श्रीलंका पोर्चुगल, नेदरल्यान्ड, र ग्रेट ब्रिटेनको उपनिवश थियो ।

संयुत्त राज्य अमेरिका स्थापना

सन् १८६१ मा संयुक्त राज्य अमेरिका स्थापना भएको थियो । महासंघ स्थापनाका लागि ६ ओटा राज्यहरु अलाबामाको मोन्टगोमेरीमा वैठक बसेको थियो ।

अमेरिकाको पहिलो राष्ट्रपति

सन् १७८९ को ४ फेब्रुवरीमा अमेरिकाको पहिलो राष्ट्र«पतिमा जर्ज वासिंगटन निर्वाचित भएका थिए ।

यो पनि
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान
कंगोमा ५१ जनालाई मृत्युदण्डको सजाय, कारण यस्तो



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested