English

आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट बच्न के खाने के नखाने ?



प्रत्येक वर्ष ४ फेब्रुअरी क्याक्सर सचेतना दिवस मनाउने गरिन्छ। क्यान्सर दिवस मनाउनुको उद्देश्य यस घातक रोगको जोखिमलाई न्युनिकरण गरी सचेतना फैलाउनु हो। फोक्सो, स्तन ,पाठेघर, टाउको र घाँटीको क्यान्सरजस्ता धेरै प्रकारका क्यान्सरहरू हुन्छन्।

प्रत्येक प्रकारको क्यान्सरले हाम्रो शरीरलाई असर गर्छ। यो दिवस छुट्टाछुट्टै विषयवस्तुसहित मनाइन्छ। जीवनशैलीमा केही परिवर्तन गरे हामी क्यान्सरबाट बच्न सक्छौं। तसर्थ क्यान्सरबाट बच्न के खाने के नखाने जानौँ।

के खाने ?

फलफूल

फलफूल सेवनले क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ। भिटामिन सीका फलहरूको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ। भिटामिन सी र मौसमी फलफूल खाँदा क्यान्सरको जोखिमबाट बच्न सकिन्छ।

टमाटर

टमाटर हरेक दिन भान्सामा प्रयोग हुने एक तरकारी हो। यसमा एन्टिअक्सिडेन्ट गुण पनि पाइन्छ। जसले क्यान्सरको जोखिमसँग लड्न मदत गर्छ।

ग्रिन टी

ग्रिन टीको सेवन स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ। हरियो चिजमा एन्टिअक्सिडेन्ट हुन्छ जसले फ्रि रेडिकलसँग लड्न र वजन कम गर्न मदत गर्छ।

क्यान्सरबाट बच्न के गर्ने ?

चुरोट

चुरोटको अत्यधिक सेवनबाट आफूलाई टाढा राख्नुहोस्। चुरोट र धुम्रपानको सेवनले स्वास्थ्यमा मात्र नभई क्यान्सरको जोखिम पनि बढाउँछ।

मदिराको सेवन

रक्सी अचेल फेशन बनेको छ। यो सबै उमेरका मानिसहरूले पिउने गर्छन्। तर, मदिराको अत्यधिक सेवन स्वास्थका लागि हानिकारक छ। क्यान्सर रोगीले मदिराको सेवनबाट टाढा रहनुपर्छ।

भुटेको खाना

हामी सबैलाई भुटेको खाने कुरा मनपर्छ। तर, अधिक मात्रको तेलयुक्त खानेकुराको सेवन स्वास्थ्यको लागि हानिकारक मानिन्छ। क्यान्सरका रोगीहरूले भुटेको खानेकुराबाट टाढा रहनुपर्छ।



सम्बन्धित खबरहरु

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

काठमाडौं, नेपाल: प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ का आयोजक ग्लोकल प्रा.लि. ले यस वर्षका ग्लोकल २० अन्डर २० भनी पहिचान

Latest










Popular
Suggested