English

एक पुरुषका आठ श्रीमती, पालैपालो बेडसेयर गर्छन्



एक पुरुषको श्रीमती कति होलान् ? एक/दुई । अर्थात् नेपालको कानूनले त बहुविवाहलाई फौजदारी कसुर ठहर्छ । तर, थाइल्याण्डका एक पुरुषले भने आठवटी श्रीमतीसँग एउटै घरमा बस्ने गरेको खुलासा गरेका छन् ।

ती व्यक्ति हुन्– ट्याटु कलाकार ओङ दाम सोेरोट । परम्परागत शैलीमा ट्याटु खोपेर चर्चा बटुलेका सोरोटले विवादास्पद वैवाहिक अवस्थाबारे एक अन्तर्वार्ताका क्रममा बोलेका थिए । यो सँगै उनको चर्चा विश्वभर हुन थालेको छ ।

‘राम्रो हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्ये सुझबुझ भएका पुरुष हुन्,’ उनीहरुले भने, ‘सोरोटले सबैलाई राम्रो व्यवहार गरेकाले अहिलेसम्म झगडा गर्न परेको छैन ।’

सोरोटले आठवटी नै श्रीमतीलाई मिलाएर राखेका छन् । उनीहरुले यसलाई एउटा ठूलो खुसीयाली परिवारको रुपमा लिएका छन् । अन्तर्वार्तामा सोरोटले आफ्ना हरेक पत्नीलको परिचय दिँदै उनीहरुसँगको भेटबारे पनि खुलासा गरेका छन् । त्यस्तै, आठै जना श्रीमतीले पनि सोरोटलाई दयालु र पृथ्वीकै सबैभन्दा विवेकशील पुरुष भएको समेत बताएका छन् । सबै पत्नीले उनीसँग अनौठौ तरिकाले बाँचेको दाबी गरेका छन् । ‘राम्रो हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्ये सुझबुझ भएका पुरुष हुन्,’ उनीहरुले भने, ‘सोरोटले सबैलाई राम्रो व्यवहार गरेकाले अहिलेसम्म झगडा गर्न परेको छैन ।’

सोरोटले पहिलो पत्नी नोङ स्प्राइटलाई साथीको विवाहमा भेटेका थिए । पहिलो भेटमै उनले विवाह प्रस्ताव गरेका थिए । दोस्रो पत्नी नोङ एललाई बजार र तेस्रो पत्नी नोङ नानलाई अस्पतालमा भेटेका थिए ।

जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती छन् । आठ जना श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।

त्यस्तै, चौथो, पाँचौ र छैटौं पत्नीलाई उनले क्रमशः सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र टिकटकबाट भेटेका थिए । सातौं पत्नी नोङ फिल्मलाई मन्दिर जाँदा र अन्तिम पत्नीलाई चार जना श्रीमतीसँग बिदामा पटैया घुम्न जाने क्रममा भेटेका बताएका थिए ।

जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती छन् । आठ जना श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो