English

परपम्परागत बालीलाई नै विस्थापित गरिदिने बरसिम घाँस



घोराही उप–महानगरपालिका–६ का महेश चौधरीले १३ कठ्ठा खेत हरेक वर्ष धान लगाउँथे । तर, उनले केही वर्षयता धान लगाउन छाडेका छन् । कारण हो– बरसिम घाँस । धान उत्पादनमा भन्दा बरसिम घाँसबाट राम्रो आम्दानी हुने भएकाले चौधरीको ध्यान यतातिर मोडिएको हो ।

कात्तिक, मंसिरमा छरेको यो घाँस पाँच पटकसम्म काट्न सकिन्छ, साथै, बेचविखनबाट पनि राम्रो आम्दानी हुने भएकाले परम्परागत खेतीलाई त्यागेको उनी सुनाउँछन् । गतवर्ष मात्रै उनले ८० हजार रुपियाँको घाँस बिक्री गरे । जो धानमा तुलनामा बढी हो । गोडमेल र स्याहार्न झन्झट नहुने भएकाले पनि यहाँका अन्य किसानको ध्यान घाँसखेतीमा केन्द्रीत हुन थालेको छ । साथै, पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी हुने चौधरी बताउँछन् ।

‘हरियोमै गाईवस्तुलाई खुवाउन पनि पाइएको छ,’ उनी भन्छिन्, ‘सुकेको डाँठलाई पनि गाइवस्तुले खुबै मनपराउँछन् र फल लाग्यो भने बिक्री पनि गर्न पाइने भएकाले यो निकै उपयोगी घाँस हो ।’ गतवर्ष उनले २ लाख रुपियाँको घाँस बेचिन् । यसपाली अझै राम्रो बिक्री हुने आशामा छिन्, रमा ।

यसैगरी, घोराही–७ की रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुको समय सदुपयोग गर्दै आठवटा बाख्रा पालेकी छन् भने खेतमा बरसिम घाँस लगाएकी छन् । जसले उनलाई बाख्रा पाल्न सहज भएको छ । उनले पनि आफ्नो दुई बिगाह खेतमा तोरी, मसुरो र गहुँको खेती गर्थिन् । अहिले पुरै खेतमा घाँस खेती गरिएको उनी सुनाउँछिन् । ‘हरियोमै गाईवस्तुलाई खुवाउन पनि पाइएको छ,’ उनी भन्छिन्, ‘सुकेको डाँठलाई पनि गाइवस्तुले खुबै मनपराउँछन् र फल लाग्यो भने बिक्री पनि गर्न पाइने भएकाले यो निकै उपयोगी घाँस हो ।’ गतवर्ष उनले २ लाख रुपियाँको घाँस बेचिन् । यसपाली अझै राम्रो बिक्री हुने आशामा छिन्, रमा ।

‘घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्दै आएको छु । साथै, गएको वर्ष त ६० हजार रुपियाँ बराबर घाँसको बीउ पनि बिक्री गरेँ ।’ यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो नभएको उनको अनुभव छ ।

घोराही–१७ कर्जाहीका पूर्ण चौधरीले पनि परम्परागत खेतीलाई त्याग्दै १० कठ्ठा खेतमा बरसिम घाँस लगाएका छन् । ‘दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, वस्तुभाउलाई पाल्न सजिलो भएको छ’, उनले भने ,‘घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्दै आएको छु । साथै, गएको वर्ष त ६० हजार रुपियाँ बराबर घाँसको बीउ पनि बिक्री गरेँ ।’ यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो नभएको उनको अनुभव छ ।

माथिका तीनजना प्रतिनिधि पात्रमात्र हुन् । यतिबेला दाङका थुप्रै किसानहरुको आकर्षण बरसिम घाँसतर्फ बढ्दै गएको छ । एक त वस्तुभाउ पाल्न सहज हुने र अर्को आम्दानी पनि राम्रो हुने भएकाले यहाँका किसानको घाँसखेतीतर्फ ध्यानकेन्द्रीत भएको हो । साथै, ‘भुइँघाँस’ खाएका गाईभैंसीको दुध पनि अत्यन्तै लाभकारी हुने कृषकहरु बताउँछन् ।

घोराही –६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिगाहासम्म घाँस खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव बिमल अधिकारी बताउँछन् ।

कसरी गरिन्छ बरसिम घाँसको खेती ?

वर्षायाममा लगाइएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै सो घाँसको बीउ छरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही –६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिगाहासम्म घाँस खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव बिमल अधिकारी बताउँछन् ।

‘अहिले पुरै खेत भरी हरियो बरसिम खेती देखिन्छ,’ उनले भने, ‘लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।’

जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको समेत बचत हुने उनी बताउँछन् । ‘पटक–पटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई सहज हुने गरेको छ,’ अधिकारीले भने ।

कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुन्छ ।’ यसवर्ष बरसिम घाँसको बीउ करिब ७५ लाख रुपियाँको बिक्री हुने उनको अपेक्षा छ ।

घाँसबाटै ७० लाख आम्दानी

सचिव अधिकारीका अनुसार अहिले एक सय हेक्टर जमिनमा बरसिम घाँस खेती गरिएको छ । ‘व्यावसायिक रूपमा घाँस खेती गर्ने दाङ पहिलो जिल्ला हो । घाँस खेतीबाट गत वर्ष ७० लाख रुपियाँ आम्दानी भएको छ,’ उनले भने, ‘कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुन्छ ।’ यसवर्ष बरसिम घाँसको बीउ करिब ७५ लाख रुपियाँको बिक्री हुने उनको अपेक्षा छ ।

दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन् । त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए । ‘तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन्,’ अध्यक्ष चाधरीले भने, ‘घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुशी छन् । साथै, गाउँपालिकाबाट पनि बरसिम, जै र भेज घाँसको बीउ वितरण गरेका छौं ।’

‘स्थानीयस्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौँ’, उनले भने । व्यावसायी र साधारण किसानलाई पशुआहार कार्यक्रमअन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ ।

लमही नगरपालिकाका किसानलाई व्यावसायिक रूपमा पशुपालन गर्न सजिलो होस् भनेर अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिका प्रमुख कुलबहादुर केसीले बताए । ‘स्थानीयस्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौँ’, उनले भने । व्यावसायी र साधारण किसानलाई पशुआहार कार्यक्रमअन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ ।

दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा रहेको अधिकारीले बताए । जिल्लामा व्यावसायिकरूपमा यसरी गरिएको घाँस विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा समेत बिक्री हुने गरेको छ । घोराही –६ (साबिक सौडियार गाविस) मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँसखेती सुरु भएको हो । दाङमा उत्पादित घाँसमा उमार शक्ति धेरै छ । यहाँ प्रतिकठ्ठा ३० देखि ३५ किलोग्रामसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । हिउँदे घाँस बरसिमलाई असोजदेखि मंसिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुने कृषकहरु बताउँछन् ।

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु १६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ ।

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु १६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ । घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ । घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपंक्षीलाई खुवाउन सकिन्छ । जिल्लामा गाई, भैंसी र बाख्राको व्यावसायिकपालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिए ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हँुदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरी बताउँछन् । ‘धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको हो,’ चौधरीले भने, ‘घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् ।’

घोराही उप–महानगरपालिकाले दूई सय ४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताए ।

दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यावसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । घोराही उप–महानगरपालिकाले दूई सय ४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताए ।

‘हामीले व्यावसायिक किसानको मागका आधारमा घाँसको बीउ वितरण गरेका छौं,’ उनले भने, ‘उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्ने कृषक बढ्दै छन् ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन