English

गायक हनी सिंहलाई प्रहरी कार्यालयमा हाजिर हुन आदेश



भारतीय र्यापर हनी सिंहको अदालती मुद्दा र प्रहरीसँग पुरानो सम्बन्ध छ । कहिले घरेलु हिंसा मुद्दा त कहिले अश्लिल गीत गाएको आरोपमा उनी प्रहरी नियन्त्रणमा परिरहन्छन् । हालै मात्र पनि महाराष्ट्रको नागपुरस्थित जिल्ला अदालतले गायक हनीलाई ‘भ्वाइस स्याम्पल’ दिन भनेको छ ।

अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनीमाथि गीतका माध्यमबाट अश्लिलता फैलाएको आरोप लागेको छ । जिल्ला र अतिरिक्तसत्र न्यायाधीश एसएएसएम अलीले २७ जनवरीमा हनीलाई ४ देखि ११ फेब्रुअरीसम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिएका थिए । अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाई गर्दै यो आदेश दिएको हो । हनीले आफूमाथि विदेश यात्रामा लगाइएको सर्तमा पनि कटौतीको माग गरेका थिए ।

अदालतले हनीलाई २९ जनवरीदेखि ४ फेब्रुअरीसम्म दुवईको यात्रा गर्न अनुमति दिँदै ४ फेब्रुअरीदेखि ११ फेब्रुअरीबीच प्रहरी थानामा हाजिर हुन भनेको छ ।

अदालतले हनीलाई २९ जनवरीदेखि ४ फेब्रुअरीसम्म दुवईको यात्रा गर्न अनुमति दिँदै ४ फेब्रुअरीदेखि ११ फेब्रुअरीबीच प्रहरी थानामा हाजिर हुन भनेको छ । हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले विरोध गर्दै गायक २५ जनवरीमा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए ।

अनुसन्धान अधिकारीहरूले गायकले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् । पंचपौली प्रहरीले आनन्दपाल सिंह जब्बलको उजुरीका आधारमा गायकविरुद्ध धारा २९२ (अश्लिल सामग्री बिक्री, वितरण) र आइपीसी तथा सूचना प्रौद्योगिकी अधिनियमको अन्य सम्बन्धित प्रावधान अनुसार उजुरी दर्ता गराएको थियो ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले