English

जग्गाको निहुँमा जसले आमाको हत्या गरे



गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’

निवेदका थिए– ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको) । उनीहरूले प्रहरी गुहारेको भनेको ९० वर्षीया आमा जगमाया श्रेष्ठको खोजतलासका लागि हो । निवेदनमा जगमाया हराएको भनिएको मिति दुई दिनअघि अर्थात् १२ माघको थियो । उनीहरूको घर पथरी–शनिश्चरे नगरपालिका–२ हो ।

निवेदन परेपछि प्रहरी अनुसन्धानमा जुट्यो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न नजिक पुग्ने ‘क्लु’ हरूको खोजी गर्छ नै । सोहीक्रममा स्थानीयसँग १४ माघमै प्रहरी टोलीले सोधपुछ गर्‍यो ।

‘घटना भएको समय १२ माघ बिहान ४ बजे हो । वृद्धावस्थाकी आमा जगमायालाई उठाएर कमलले आँगनमा लगे । त्यहीँ घाँटी थिचेर हत्या गरे । त्यसपछि प्लास्टिकमा पोको पारेर शव गाडीमा राखे । अनि, गाडीमा लगेर नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको घाटमा जलाए ।’

डिएसपी श्रेष्ठ भन्छन्, ‘सोधपुछको क्रममा जग्गा विवाद आमा र छोरा कमलबीच रहेको कुरा स्थानीयबाट खुल्यो ।’ यही ‘क्लु’ को आधारमा प्रहरीको अनुसन्धान कमलतिर केन्द्रित गर्‍यो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कमलले दिएको बयान उद्धृत गर्दै डिएसपी श्रेष्ठले भने, ‘घटना भएको समय १२ माघ बिहान ४ बजे हो । वृद्धावस्थाकी आमा जगमायालाई उठाएर कमलले आँगनमा लगे । त्यहीँ घाँटी थिचेर हत्या गरे । त्यसपछि प्लास्टिकमा पोको पारेर शव गाडीमा राखे । अनि, गाडीमा लगेर नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको घाटमा जलाए ।’

यसरी एउटा ‘क्लु’का आधारमा प्रहरी अनुसन्धान छोरा कमलतिर सोझियो र प्रारम्भिक अनुसन्धानको क्रममा हत्या घटना स्वीकारेको डिएसपी श्रेष्ठ बताउँछन् ।

कमलले आमालाई जलाएको ठाउँमा प्रहरीलाई लगे । जहाँबाट आमाको जल्न बाँकी रहेको खप्पर र शरीरको पछिल्लो भाग प्रहरीले बरामद गरेको छ ।

उनका अनुसार घटनामा संलग्नता स्वीकारेपछि भने कमलले आमालाई जलाएको ठाउँमा प्रहरीलाई लगे । जहाँबाट आमाको जल्न बाँकी रहेको खप्पर र शरीरको पछिल्लो भाग प्रहरीले बरामद गरेको छ । बरामद खप्परसहित शरीरका अंगलाई परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।

घटनाको मूल कारण जग्गा विवाद रहेको खुलेको छ । ‘बुबाको नाममा १५ कट्ठा ९ धुर जग्गा रहेछ । उनको निधनपछि उक्त जग्गा कमलले सुटुक्क श्रीमतीको नाममा दर्ता गरेको खुल्न आएको छ । र, यो रहस्य थाहा पाएपछि आमा जगमाया र दाइले अदालतमा मुद्दा दर्ता गरेको र अदालतले आमाको नाममा पाँच कट्ठा जग्गा हुने भन्ने फैसला गरेको रहेछ’, डिएसपी श्रेष्ठ भन्छन्, ‘सोही कारण आमाको हत्या गर्न पुगेको देखिन्छ । थप कुरा खुल्दै जाला । हामी अनुसन्धानमै छौँ ।’

प्रहरीले जिल्ला अदालत मोरङबाट छोरा कमलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि १० दिनको म्याद थपको अनुमति पाएको छ ।

यो पनि…
गुडिरहेको बसलाई जब प्रहरीले रोक्न खोजे
कोभिड नियन्त्रणमा लालीगुराँस प्रभावकारी : अनुसन्धानकर्ता



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।