English

ट्याक्सी चालक भन्छन्– जोर बिजोरमा हामीमाथि भेदभाव भयो (भिडियो पनि)



कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले ७ माघमा सार्वजनिक तथा निजी यातायातमा जोर–बिजोर प्रणाली लागू गर्यो । तर, हप्ता दिनमै अर्थात् १४ माघबाट यो प्रणाली पूर्णरुपले निरन्तरता पाउन सकेन ।

‘कोरोना संक्रमणबाट सुरक्षित हुनका लागि व्यक्ति स्वयंले स्वास्थ्य मापदण्ड अनाउनुपर्छ,’ उनले भने, ‘यसरी कुनै सवारी साधनमा जोर बिजोर लगाउने कसैमा नलगाउनाले झनै भिडभाड बढ्छ त्यसैले सबैलाई एउटै नियम लगाउँदा राम्रो हुन्थ्यो ।’

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले ट्याक्सी र निजी सवारी साधनबाहेक सबैमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरे । जसको यतिबेला आलोचना भइरहेको छ । साथै, ट्याक्सी व्यवसायीहरु यो निर्णयप्रति असन्तुष्ट देखिन्छन् । जोरबिजोर प्रणाली भाडाका सबै सवारी सधानमा एकरुपता हुनुपर्ने ट्याक्सी चालक ठूलोकान्छा दंगाल बताउँछन् । ‘पटक–पटकको बन्दले हामीलाई दैनिकी चलाउनै धौ परिसक्यो,’ उनले भने, ‘सार्वजनिक गाडी भनेको ट्याक्सी, माइक्रो, टेम्पो र बस एउटै हो, तर यसमा सरकारले भेदभाव गरेको छ ।’

कारोना संक्रमण रोक्न जोरबिजोर प्रणाली लागू गर्नु भन्दा चाप कम गर्नका लागि सबै सवारीसाधन खुला गरिनुपर्ने बस चालक दिलिपकुमार मानन्धर बताउँछन् । ‘कोरोना संक्रमणबाट सुरक्षित हुनका लागि व्यक्ति स्वयंले स्वास्थ्य मापदण्ड अनाउनुपर्छ,’ उनले भने, ‘यसरी कुनै सवारी साधनमा जोर बिजोर लगाउने कसैमा नलगाउनाले झनै भिडभाड बढ्छ त्यसैले सबैलाई एउटै नियम लगाउँदा राम्रो हुन्थ्यो ।’

‘ट्याक्सी चालक मजदुर वर्ग भएकाले गरी खाने बाटो बन्द भएको छ, तर यसका साथै सेवाग्रही पनि समस्यामा परेका छन्,’ उनले भने ।

भाडाका सवारी साधनमा एकरुपता हुनु पर्ने अर्का बस चालक ससिन कोंजु बताउँछन् । ‘भाडाका सवारी साधनमा एकरुपता हुनुपर्ने हो, प्रायले सवारीसाधन ऋणमै लिएका हुन्छन्, त्यो कसरी तिर्ने ?’ उनले प्रश्न गर्दै भने ।

सर्वसाधारणलाई समस्या पर्दा ट्याक्सी नै प्रयोग गर्ने भएकाले जोरबिजोर प्रणालीले आममानिस मारमा परेको ट्याक्सी चालक कमानसिंह तामाङको भनाइ छ । ‘ट्याक्सी चालक मजदुर वर्ग भएकाले गरी खाने बाटो बन्द भएको छ, तर यसका साथै सेवाग्रही पनि समस्यामा परेका छन्,’ उनले भने ।

सवारी साधनको संख्या कम हुँदा चाप बढी हुने भएकाले सबै सवारीसाधनमा जोर बिजोर हटाउनु पर्ने पठाओ चालक राजकुमार श्रेष्ठको सुझाव छ । ‘जोर विजोर प्रणालीले चाप धेरै हुन्छ, सबै सवारीमा जोरबिजोर हटाउनुपर्छ,’ उनले भने ।

राति वा समस्या पर्दा ट्याक्सी, पठाओ र निजी सवारी साधन नै सर्वसाधारणले प्रयोग गर्छन् । तर, यिनैमा जोरविजोर प्रणाली लागू गरेकोले समस्या परेको सर्वसाधारण कल्पना आर्याल बताउँछिन् ।

राति वा समस्या पर्दा ट्याक्सी, पठाओ र निजी सवारी साधन नै सर्वसाधारणले प्रयोग गर्छन् । तर, यिनैमा जोरविजोर प्रणाली लागू गरेकोले समस्या परेको सर्वसाधारण कल्पना आर्याल बताउँछिन् । ‘जोर बिजोरका कारणले हतार र समस्या परेको समयमा साधन पाइँदैन,’ उनले भनिन्, ‘यसले गर्दा घण्टौं साधनको लागि बाटो कुर्नु परेको छ ।’

भिडियो :

भिडियो – राजकुमार श्रेष्ठ/किरण स्याङ्बो


यो पनि…
संक्रमित बढे पनि अस्पताल भर्ना हुनेको संख्या न्यून (भिडियो पनि)
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।