English

सेक्स गर्दागर्दै कण्डम फुटे यसो गर्नुस्



यौन सम्पर्कका बेला कण्डम फुट्यो भने के होला ? जसले त्रास र आशंका सिर्जना गर्छ । साथै, कण्डम सही तरिकाले प्रयोग नगर्दा यौन रोग सर्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसले आममानिसलाई तनावमा पार्न सक्छ । त्यसैले कण्डमको प्रयोग कसरी गर्ने ? अनि यौनसम्पर्क गर्दा गर्दै कण्डम फुट्यो भने के गर्ने भन्ने बारे यहाँ जानकारी दिने प्रयत्न गरिएको छ :

सेक्स गर्दा गर्दै कण्डम फुटे यसो गर्नुस्

– सबैभन्दा पहिले त यौनसम्पर्क पछि आफ्नो यौनांगलाई राम्रो सँग साबुन पानीले धुनुहोस ।

– कण्डम फुटेकोबारे आफ्नो पार्टनरसँग विस्तृत कुरा गर्नुपर्दछ । आवश्यक परे आकस्मिक गर्वनिरोधक साधन पनि अपनाउन सकिन्छ ।

– यदि अपरिचित व्याक्तिसँग यौनसम्पर्क गर्दा कण्डम फुटेको अवस्थामा एकदेखि तीन महिनाभित्र एचआइभी परीक्षण गर्ने । यदि स्वास्थ्यमा कुनै समस्या देखिहाल्यो भने तुरुन्तै रक्त परीक्षण गर्ने ।

– शरीरमा विभिन्न लक्षणहरु देखिन सक्छन् तर परीक्षण गर्दा रगतमा कुनैपनि लक्षण देखिएको छैन भने यो यौन रोग होइन भनेर बुझ्नु पर्दछ ।

– यौन रोग देखिएको छ भने त्यसको तत्कालै उपचारमा लागि हाल्नुपर्दछ । यदि कुनैरोग देखिएको छैन भने पनि प्रत्येक महिाना शंका लागेको रोगहरुको बारेमा चेक गर्नुपर्छ र यो क्रम तीन महिनासम्म लगातर गर्नुपर्दछ । त्यसपश्चात केही देखिएको छैन भने ढुक्क हुन सकिन्छ ।

कण्डम प्रयोग गर्ने सहि तरिका

– सर्वप्रथमतः कण्डम कत्तिको सुरक्षित छ भनेर चेक गर्नु पर्छ ।

– कण्डमको टुप्पोमा हावा हुन्छ, त्यसलाई फालेरमात्र प्रयोग गने ।

– यौन सम्पर्कपछि कण्डम निकाल्दा होसियारीपूर्वक निकाल्नु पर्छ । जुन कण्डमको बाहिरी सतहको भागले लिङ्गलाई छुनु हुँदैन ।

यो पनि :

पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested