English

जसले आफ्नै टाउकोमा गोली भएको २० वर्षपछि थाहा पाए



अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको टाउकोभित्र एउटा गोली फेला परेको छ । सो गोली करिव २० वर्षअघि उनको टाउकोभित्र पसेको खुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्दथ्यो । पछिल्लो समयमा उनलाई झनै बढी टाउको दुख्न थालेको थियो ।

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टाउको दुखेको हुन सक्ने अनुमान गरे । तर, टाउको दुखाईको कारण उनी रातभर सुत्न सकेनन् । अन्त्यमा उनलाई अस्पताल नगई सुखै भएन । अस्पतालका चिकित्सकले उनको टाउको दुख्नुको अनौठो कारण पत्ता लगाए ।

एमआरआई गरेपछि सेनझेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको वायाँ भागमा अनौठो बस्तु फेला पारे । नजिकबाट जाँच गर्दा सो बस्तु धातुको गोली भएको खुलासा भयो ।

एमआरआई गरेपछि सेनझेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको वायाँ भागमा अनौठो बस्तु फेला पारे । नजिकबाट जाँच गर्दा सो बस्तु धातुको गोली भएको खुलासा भयो । सो गोली उनको टाउकोभित्र कसरी पस्यो भन्ने बारेमा अस्पतालका कर्मचारीले उनका अभिभावकलाई सोधेको थियो ।

करिब ८ वर्षको हुँदा उनी र उनका भाई घरमा एयर गन खेलिरहेका थिए । गोली अकस्मात पड्किदा उनको टाउकोको खोपडीभित्र पसेको थियो । टाउकोमा गोली लागेको थाहा पाएर बाबुआमाले गाली गर्ने डरले उनीहरुले कसैलाई भनेनन् ।

तसर्थ, उनीहरुले केही भनेनन् । कपालले टाउकोको घाउ ढाक्दै गयो । अभिभावकले पनि केही थाहा पाएनन् । त्यतिबेला घाउ पनि खासै दुखेन् ।

गत महिना आकस्मिक शल्यक्रिया गरेर उनको टाउकोको गोली निकालिएको थियो ।

यो पनि
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान
कंगोमा ५१ जनालाई मृत्युदण्डको सजाय, कारण यस्तो



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested