English

आफ्नो बायोपिकमा कसलाई हेर्न चाहन्छन् जेकी ?



बलिउड अभिनेता जेकी श्राफले मंगलबार आफ्नो ६४औं जन्मदिन मनाए। जेकीको पहिचान बलिउडमा एक्सन र रोमान्टिक हिरोका रुपमा बनेको थियो।

उनले बिना कुनै गडफादर फिल्म उद्योगमा आफ्नो स्थान बनाए र उनको गिन्ती बलिउडका दिग्गज अभिनेतामा हुन्छ। जेकीको जीवनलाई हेर्ने हो भने उनको जीवन एक बायोपिक कथाजस्तै छ।

आफ्नो जन्मदिनमा उनले आफ्नो बायोपिकको विषयमा कुरा गरेका छन्। एक अन्तरर्वार्तामा उनले आफ्नो बायोपिकको नाम ‘भिडु, जग्गु’ हुने बताए। ‘यदि मेरो नाम लिनुपर्छ भने त्यो भिडु नै हुनेछ। तर,मलाई थाहा छैन मलाई किन यो नामले बोलाउँछन्’, उनले भनेका छन्।

उनलाई आफ्नो बायोपिकमा कुन अभिनेता हेर्न चाहनुहुन्छ? भनी सोधिएको प्रश्नमा उनले छोरा टाइगर श्राफको नाम लिएका छन्। टाइगर आफूजस्तै देखिने विश्वास जेकीमा छ।

जेकी आफ्नो फिल्म ‘हिरो’को रिमेक बनोस् भन्ने चाहन्छन्। यो रिमेकमा पनि जेकी छोरा टाइगरलाई नै हेर्न चाहन्छन्। सन् १९८२ मा फिल्म ‘स्वामी दादा’बाट बलिउडमा करियर सुरु गरेका उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन्।

उनले हिन्दीबाहेक तमिल, तेलुगू, मलयालम, बंगाली, पंजाबी, भोजपुरी, गुजराती, कोंकणी, उडिया, कन्नड र मराठी फिल्ममा काम गरिसकेका छन्। जेकी पछिल्लोपटक अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’मा देखिएका थिए।



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले