English

संघर्ष : कागतीका बोटमा समृद्धिको सपना



तीन वर्षपहिले लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन्। चासो कृषक समूहका सदस्य र कर्मचारीहरूलाई अहिले बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याइ छ।

दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवामा फूल फुल्न थालेपछि किसानमा उत्साह बढेको छ। यसैवर्ष फल निस्कने आशामा रहेका किसानले आउँदो हिउँद याममा धेरै-थोरै कागती उत्पादन हुने हुनेमा विश्वस्थ छन्।

बागलुङ नगरपालिका-१४ अर्माहका ४३ किसानको वडा नं १२स्थित अमलाचौरको सहेँला फाँट अहिले आशाको बारी बनेको छ। उक्त समूहमा आबद्ध ती कृषकले आफ्नै मिहिनेत बमोजिम फल्ने फलबाट समृद्धिको सपना देख्न थालेका छन्।

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसानहरू कागतीबाट कृषिमा प्रगति खोजिरहेका हुन्। २० लाख लगानीबाट सुरु गरिएको कागतीको व्यावसायिक खेतीमा ६० लाखभन्दा बढी लगानी भैसकेको छ। तीनसय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन्। तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवामा फल लाग्ने बेला भयो भने अर्को एक तिहाइ दुईवर्षे बिरुवाले पालुवा फेर्दैछन्।

किसानले थालेको व्यावसायिक कागती खेतीमा सहयोग गर्ने र देखासिकी गर्नेहरूको आँखा लाग्न थालेको छ। अनुदान र सहयोगका लागि सरकारी निकाय पनि अहिले त्यहाँ पुगेका छन् भने देखासिकी गर्न जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकहरू आउने गरेको समूहका अध्यक्ष केशवप्रसाद सुवेदी बताउँछन्।

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसानहरू कागतीबाट कृषिमा प्रगति खोजिरहेका हुन्। तीनसय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन्। तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवामा फल लाग्ने बेला भयो भने अर्को एक तिहाइ दुईवर्षे बिरुवाले पालुवा फेर्दैछन्।

केही दिनपहिला पोखराका कृषि प्राविधिकहरूको समूह सहेँलाको फाँटमा पुग्यो। त्यहाँ हुर्किएका बिरुवा र फूल लागेको देखेपछि उनीहरूले अहिलेको फूल झरे पनि जेठ महिनादेखि लाग्ने फूलबाट फल लाग्ने आशा देखाए।

चितवन, मकवानपुर र कास्की र बागलुङ जिल्लाकै विभिन्न ठाउँबाट हरेक महिना कृषि समूह र कृषि प्राविधिहरू सहेँलाको फाँट पुग्ने गरेका अध्यक्ष सुवेदीको भनाइ छ। ‘कोही आएर समूह र व्यावसायिक खेतीको विषयमा जानकारी लिएर जानन्छन् भने कसैले सुझाएर जान्छन्,’ उनी भन्छन्, ‘हामीले थालेको व्यावसायिक कागती खेतीबाट धेरैले सिको गर्ने भएका छन्।’

सरकारी अनुदानमा आशा नराखी आफैंले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पनि पाउन थालेका छन्। एक लाखको बिरुवा ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाई दिएको छ।

गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले कृषि उपकरण, मलखाद, पोखरी निर्माण र औजार खरिद लगायतका शीर्षकमा १० लाख अनुदान दियो। अहिले सिँचाइका लागि पोखरी छ। कम्पोष्ट मलका लागि प्रविधि र गोडमेल तथा सिँचाइका लागि उपकरण छन्। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० खाल विनियोजन गरेको जनाएको छ।

सरकारी अनुदानमा आशा नराखी आफैंले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पनि पाउन थालेका छन्।

भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको बजेटका लागि अर्थ मन्त्रालयमा पुगेर फाइल रोकिएको छ। ‘कोरोनाका कारण फाइल अर्थमा रोकिएको छ,’ अध्यक्ष सुवेदी भन्छन्, ‘प्रदेशको बजेटले भण्डारण गृह र सङ्कलन केन्द्रको भवन बनाउने योजना छ।’

हरेक वर्ष चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल फल्न थालेको एक वर्षमै लगानी उठाएर मुनाफा कमाउन सक्ने उनको जिकिर छ। समूहमा आबद्ध किसानलाई प्रतिरोपनी पाँच हजारका दरले समूहले वार्षिक भाडा पनि दिँदै आएको छ।

यो पनि

कागती पानी पिउनुका फाइदा



सम्बन्धित खबरहरु

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी