English

आज माघ १९ गते तपाईंकाे राशिफल कस्तो छ ?



१९ माघ २०७८ बुधबार। तदनुसार २ फेब्रुवरी २०२२। माघशुक्लपक्ष प्रतिपदा तिथि, धनिष्ठा नक्षत्र, वरियान योग वव करण चन्द्रमा मकर राशिमा रहेको छ। आज विहान सूर्योदय ६ः५२ भएको छ भने १७ः४४ मा सूर्यास्त हुनेछ।

भनिन्छ, सोम खेती बुध घर भन्ने आहानअनुसार बुधबार घर गृहस्थका कामहरू गर्नु राम्रो मानिन्छ। आज ११ः५६देखि १२ः३९सम्म अभिजित मुहूर्त रहेको छ भने १२ः१८देखि १ः४०सम्म राहुकाल रहेको छ।

आजको देवता कुवेर हो भने ग्रहदेव बृहस्पति रहेको छ। नक्षत्रअनुसार आजको दिन आध्यामिक यात्राका लागि उपयुक्त दिन हो। आजबाट गुप्तनवरात्र समेत सुरु भएको छ।

विशेषगरी छिमेकी देश भारत र नेपालमा पनि केहीमात्र सनातन समुदायले गुप्तनवरात्र साधना गर्ने गर्दछन्। गुप्तनवरात्रको समयमा तन्त्र, मन्त्र र यन्त्र साधना गर्दा सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। आज सोनाम ल्लोसार पनि हो। तामाग जातिहरुले आजको दिन ल्होसार मनाउने गर्दछन्।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ। दाम्पत्य जीवनमा सुखद यात्रा हुनेछ। घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ। नयाँ कामको थालनीसमेत हुनेछ। आजको दिन तपाईले सुरु गरेका काम सफल हुनेछ। 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन तपाईंलाई मानसम्मान मिल्नेछ। तपाईमाथि अनावश्यक आरोप लाग्न सक्छ। त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नुहोला। आफन्तजनबाट अपमान हुनसक्छ। त्यसैले घरगृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला। मौन रहनु नै बेस हुनेछ।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ।  मनमा चिन्ता छाउने छ। अध्ययन अध्यापनको काममा लाग्नु बेस हुनेछ। नयाँ पुस्तक पढ्ने गर्दा तपाईंमा उर्जा प्राप्त हुन्छ। सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ। आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ। कसैसँग पनि वादविवाद गर्दा तपाईंको लागि अपमान हुनसक्छ। त्यसैले घर परिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु होला। आजको दिन मौन रहनु र अध्यात्मयात्राको लागि योग रहेको छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ। अध्यात्म यात्रामा जानु पर्नेछ। तपाईंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला। कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ। 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला। कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा  हुनसक्छ। आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस्। सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला। 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ। त्यसैले तपाईंले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ। सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ। मन समाजको हितको काममा लाग्नेछ। परिवार र आफन्तजनले तपाईंले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानी हुनेछ।     

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्रामा अनावश्यक समस्या आउनसक्छ। स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला। तपाईंले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ। त्यसको कारण तपाईंमा चिन्ता उत्पन्न हुनसक्छ। अर्थलाभ हुने काममा ध्यान दिनु होला। कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ। धनु राशिका जातकको लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईंको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन्। देवालयको दर्शनले  सकारात्मक सोच आउने छ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ। बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ। यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला। चन्द्रमाको साथ रहेको छ। त्यसैले आजको दिन परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ। मनमा अशान्ति जाग्नेछ। यस्तो अवस्थामा तपाईं आफू बसेको स्थान नजिकको मठमन्दिर देवालयमा जानु उत्तम हुनेछ। तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ। परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन्।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ। तपाईंले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ।  देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ। सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ परिवारका सदस्यको साथ सहयोग पाउनुहुनेछ। अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ। 

यो पनि

‘शिव’ शब्द एक अर्थ अनेक



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता