English

परीक्षाको विरोध गर्न उक्साएको आरोपमा कलाकार फाटक पक्राउ



भारतीय कलाकार विकास फाटक ‘हिन्दुस्तानी भाउ’ पक्राउ परेका छन्। ‘बिग बोस १३’को ‘वाइल्ड कार्ड’ प्रतियोगी विकासलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार प्रहरीले विद्यार्थीहरूलाई अफ लाइन परीक्षाको विरोध गर्न उक्साएको आरोपमा उनलाई पक्राउ गरेको हो।

एक भिडियोमा उनले कक्षा १० र १२ का विद्यार्थीहरू अफ लाइन परीक्षाविरुद्धमा विद्रोह गर्नुपर्ने उनले बताएका थिए। त्यसपछि विद्यार्थीहरूले मुम्बई र नागपुरमा विरोध प्रदर्शन गरेका थिए।

विकासलाई धारावी प्रहरीले पक्राउ गरेको हो। विकाससँगै पक्राउ परेका अन्यविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ। प्रहरीका अनुसार विकासले विद्यार्थीलाई उक्साउने भिडियो इन्स्टाग्राममा अपलोड गरेका थिए।

उनीहरूलाई आइपीसीको धाराअनुसार महाराष्ट्र प्रहरी अधिनियम, आपदा प्रवद्र्धन अधिनियम र महाराष्ट्र सम्पत्तिको विरुपणको रोकथाम अधिनियमअनुसार प्राथमिकी दर्ता गरिएको छ।

विकास यसअघि पनि कोभिड प्रतिबन्धसम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए। किनकी उनले विरोध प्रदर्शनका लागि शिवाजी पार्क पुग्न एक एम्बुलेन्सको प्रयोग गरेका थिए।

यो पनि

लडेर पूर्वमिस अमेरिका क्रिस्टको मृत्यु



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।