English

बेग्लै गतिमा बग्दै गंगा मावि



गंगा माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकन केन्द्र बनेको हो ।

सो विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनका लागि शिक्षक, विद्यार्थी तथा अभिभावक आउँछन् । यहाँको वातावरणले विद्यार्थीको मनोबल बढाएको छ भने विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि जोकोहीको मनै लोभ्याउने खालको छ ।

‘हामीले समयको मागअनुसार विद्यार्थीलाई शिक्षक सिकाई कार्यमा कुनै कमी हुन दिएका छैनौँ,’ उनले भने, ‘बालमैत्री वातावरणमा प्रविधिको प्रयोग गरी शिक्षण कार्य गरिएको छ, अहिले धेरै विद्यालयबाट अवलोकन गर्न आइरहनुभएको छ ।’

पाल्पाको पूर्वी भेग रामपुर नगरपालिका–८ स्थित एक्लेटारमा रहेको यस विद्यालयले जिल्लामै शैक्षिक तथा भौतिक वातावरणमा अग्रणी विद्यालयका रुपमा चिनाउन सफल भएको छ । समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार हराभरा वातावरणमा प्रविधियुक्त शिक्षामा जोड दिइएको प्रधानाध्यापक देवराज देवकोटा बताए । ‘हामीले समयको मागअनुसार विद्यार्थीलाई शिक्षक सिकाई कार्यमा कुनै कमी हुन दिएका छैनौँ,’ उनले भने, ‘बालमैत्री वातावरणमा प्रविधिको प्रयोग गरी शिक्षण कार्य गरिएको छ, अहिले धेरै विद्यालयबाट अवलोकन गर्न आइरहनुभएको छ ।’

विद्यालयले साना–साना बालबालिकालाई दृष्टिगत गर्दै बाल उद्यान तयार गरिरहेको उनको भनाइ छ । शारीरिक विकास र बालबालिकाको मनोबल वृद्धि गराउन बाल उद्यानले सघाउ पुग्ने भएकाले विद्यालयमा उद्यानको व्यवस्था मिलाइँदैछ । विद्यालयभित्र फूल बगैँचा, यहाँको सुन्दर दृश्यले सबैलाई लोभ्याइरहेको छ ।

‘सुन्दाभन्दा यहाँ आएर हेर्दा शैक्षिक वातावरण अत्यन्त सुन्दर लाग्यो, विद्यालय भनेको गंगा मावि जस्तो बनाउनुपर्छ भन्ने हामीलाई पनि धेरै सिकाइ भयो, विद्यालय सुधारका लागि एकपटक यस विद्यालयको अवलोकन सबैले गर्नैपर्ने रहेछ ।’

स्याङ्जाका गल्याङ नगरपालिका चण्डीका आधारभूत विद्यालय शिक्षक टीकाराम अधिकारीले विद्यालयभित्रको वातावरण देख्दा कुनै सुन्दर प्राकृतिक वातावरणमा पुगेजस्तो अनुभूति भएको सुनाए । ‘गंगा मावि पाल्पाको नमूना विद्यालयको पहिचान बनाएकाले हाम्रो शिक्षकको समूहले पनि यस विद्यालयको अवलोकन गर्यौ,’ भ्रमणपछि उनले भने, ‘सुन्दाभन्दा यहाँ आएर हेर्दा शैक्षिक वातावरण अत्यन्त सुन्दर लाग्यो, विद्यालय भनेको गंगा मावि जस्तो बनाउनुपर्छ भन्ने हामीलाई पनि धेरै सिकाइ भयो, विद्यालय सुधारका लागि एकपटक यस विद्यालयको अवलोकन सबैले गर्नैपर्ने रहेछ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण अर्याल प्रविधियुक्त शिक्षा नै आजको आवश्यकता भएको हुँदा विद्यार्थीले चाहेअनुसारको सामग्रीको व्यवस्थापन गरेर शैक्षिक क्रियाकलाप अगाडि बढाएकोे बताउँछन् । ‘विद्यार्थीलाई शैक्षिक कार्यमा विद्यालयले कुनैपनि प्रविधि तथा सामग्रीमा कमी गराएको छैन, विद्यालय आउँदा जसरी उत्साहका साथ पढ्न आउँछन् त्यसरी नै विद्यालय सकिएपछि उत्साहका साथ नै विद्यार्थी पढेर घर फर्कने वातावरण विद्यालयले तयार पारेको छ,’ उनले भने ।

‘सोचेजस्तै विद्यालय, खोजेजस्तै पढाइ’ अन्तर्गत विद्यार्थीहरुको रुचि र क्षमताअनुसार विद्यार्थीहरुको समूह विभाजन गरी विद्यालय समयभन्दा बाहिर विद्यार्थीहरुलाई बौद्धिक एवम् खेलकुद तालिम दिइने गरिएको अर्यालले प्रष्ट पारे ।

‘सोचेजस्तै विद्यालय, खोजेजस्तै पढाइ’ अन्तर्गत विद्यार्थीहरुको रुचि र क्षमताअनुसार विद्यार्थीहरुको समूह विभाजन गरी विद्यालय समयभन्दा बाहिर विद्यार्थीहरुलाई बौद्धिक एवम् खेलकुद तालिम दिइने गरिएको अर्यालले प्रष्ट पारे । कमजोर विद्यार्थीहरुका लागि सहायता कक्षको स्थापना गरी सबै विषय शिक्षकको पालो मिलाई विद्यालयमा सहयोग गर्ने कार्यक्रमको पनि सुरुवात गरिएको छ ।

वार्षिक रुपमा २० विद्यार्थीलाई छनोट भएको मितिदेखि विद्यालय नछाड्दासम्म वार्षिक तीन हजार चार सय रुपैयाँ दिइने छात्रवृत्ति ‘स्किम’ ल्याइएको छ । तहगतअनुसार प्रथम एवम् जेहेन्दार विद्यार्थीका लागि वार्षिक नगद पुरस्कार, गरिब, असहाय विद्यार्थीका लागि स्कुल पोसाक तथा नियमित छात्रवृत्ति वितरण भइरहेको विद्यालयले जनाएको छ ।

यस विद्यालयमा औसतमा ५० भन्दा धेरै विद्यार्थी सबै कक्षामा छन् । सबैमा कक्षाकोठामा दुई सेक्सन छन् । विद्यालयमा नेपाली र अंग्रेजी माध्यमका सबै विद्यार्थी गरी ६ सय ८३ विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यार्थीहरुको नियमित जन्मदिन मनाउने, प्रार्थनामा नियमित तीन प्रश्नहरु सोध्ने, नियमित प्रवचन, संगीत सहितको पिटी, पालोअनुसार विद्यार्थीहरुबाट विद्यालय परिसर सरसफाइ, नियमित अतिरिक्त क्रियाकलाप जस्ता कार्यक्रम हुने गरेको छ । यस विद्यालयमा औसतमा ५० भन्दा धेरै विद्यार्थी सबै कक्षामा छन् । सबैमा कक्षाकोठामा दुई सेक्सन छन् । विद्यालयमा नेपाली र अंग्रेजी माध्यमका सबै विद्यार्थी गरी ६ सय ८३ विद्यार्थीहरु अध्ययनरत छन् ।

नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत विद्यालयले भौतिक र शैक्षिक विकासका लागि काम गरिरहेको र हाल भौतिक पूर्वाधार विकासका काम राम्रोसँग भएको छ । सफ्टवेयर जडान गरी विद्यार्थीहरुको सम्पूर्ण विवरणहरु राख्ने व्यवस्था मिलाइएको छ । शिक्षक हाजिरीका लागि वायोमेट्रिक प्रणाली जडान गरी दुई वर्षदेखि नियमित प्रयोग गरिएको छ ।

विद्यालयमा इन्टरनेट जडान, नौ सिसिटिभी, क्यामेरा जडान गरी विद्यालय परिसर ल्याब तथा पुस्तकालय एवम् अन्य महत्वपूर्ण स्थानहरु रेखदेख गर्ने व्यवस्था मिलाइएको र शिक्षकलाई ल्यापटप खरिद गर्न आर्थिक सहयोग दिइएको प्रधानाध्यापक देवकोटाले जानकारी दिए ।

विद्यालयमा इन्टरनेट जडान, नौ सिसिटिभी, क्यामेरा जडान गरी विद्यालय परिसर ल्याब तथा पुस्तकालय एवम् अन्य महत्वपूर्ण स्थानहरु रेखदेख गर्ने व्यवस्था मिलाइएको र शिक्षकलाई ल्यापटप खरिद गर्न आर्थिक सहयोग दिइएको प्रधानाध्यापक देवकोटाले जानकारी दिए ।

हाल विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म नेपाली माध्यममा र नर्सरीदेखि कक्षा १० सम्म तथा आइएससी (एजी) तीनवर्षे भेटनरी विषयको कक्षासमेत गरेर जम्मा २८ कक्षा सञ्चालन भइरहेको छ ।

बिहानको समयमा प्राविधिक तर्फको मात्र कक्षा सञ्चालन हुने र दिउँसोका समयमा अन्य सबै कक्षाहरु सञ्चालन भइरहेका छन् । बिहान र दिउँसो गरी जम्मा ५० शिक्षक यस विद्यालयमा कार्यरत रहेको विद्यालयले जनाएको छ । हाल यस विद्यालयमा चारवटा तीनतले पक्की र दुईवटा दुईतले पक्की भवन छन् भने एकतले एक पक्की भवन छ । हालसम्म जम्मा ५८ कक्षाकोठा पक्की बनेका छन् । यसमा ३२ कक्षाकोठाका रुपमा र आठ प्रयोगशाला, पुस्तकालय तीन, एक हल, एक चमेनागृह, एक पार्किङ, पाँच प्रशासनिक कार्यालय, चार भण्डारण कक्षका रुपमा प्रयोग गरिएको छ भने बाँकी खाली छन् ।

सबै कक्षाकोठामा फोहोर मलाई र सफा गर्ने सामग्रीको प्रबन्ध छ । बालमञ्च, इको क्लब, स्टार क्लब, सामाजिक सचेतनामूलक क्लब, विज्ञान क्लब र जुनियर रेडक्रस सर्कल क्लब सक्रिय छन् ।

विद्यालयमा एकै पटकमा ६० जनाले प्रयोग गर्न मिल्ने गरी शौचालयको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि २५ खानेपानी धारा छन् भने नियमित रुपमा सफा खानेपानीको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । सबै कक्षाकोठामा फोहोर मलाई र सफा गर्ने सामग्रीको प्रबन्ध छ । बालमञ्च, इको क्लब, स्टार क्लब, सामाजिक सचेतनामूलक क्लब, विज्ञान क्लब र जुनियर रेडक्रस सर्कल क्लब सक्रिय छन् ।

क्लबलाई सक्रिय बनाइराख्न विभिन्न शैक्षिक क्रियाकलापमा विद्यालयले जोड दिएको छ । यो विद्यालय समुन्द्री सतहदेखि करिब ४०९ मिटरको उचाइमा अवस्थित छ । वि.सं २०१३ मा स्थापना भएको शारदा प्रावि रानीवास र २०२३ मा स्थापना भएको गंगा प्रावि आँपचौरलाई गाभेर २०३५ माघ १८ मा निम्नमाध्यमिक विद्यालय र ०५५ देखि मावि सञ्चालनको अनुमति पाएकोे इतिहास छ ।

यो पनि
त्रिविको स्थगित परीक्षा फागुनमा हुने
पोखरेली शैक्षिक जागरण इतिहासको साक्षी ‘अरण्यज्योति’



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ