English

मोरिसस विरद्धको दोस्रो खेलमा यी खेलाडीले पाउन सक्छन् डेब्युको मौका



पहिलो खेलमा १–० ले पराजित गरेको नेपाल दोस्रो खेलमा आज साँझ पौने ५ बजे मोरिससविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगातार दोस्रो जित निकाल्ने दाउमा छन् ।

पहिलोपटक घरेलु मैदानमा पाँच हजार दर्शक (आधिकारिक) जित निकाल्दा अब्दुल्लाहको निर्णयमा फरवार्ड विमल घर्ती मगरले ५५औं मिनेटमा विजयी गोल गरेका थिए । त्यही निर्णायक गोलमा नेपाल पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिससविरुद्ध जित निकाल्न सफल भयो ।

प्रशिक्षक अब्दुल्लाहले पहिलो खेलमा ४–३–३ को रणनीति अपनाएका थिए । दोस्रो खेलमा समेत उनी सोहि रणनीति अपनाउन सक्छन् । पहिलो खेलमा खेलेका खेलाडी नै दोस्रो खेलमा खेल्ने सम्भावनासमेत छ ।

दोस्रो खेलका लागि प्रशिक्षक अब्दुल्लाहले फरक टोली तयार पारेका छन् । यद्यपि पहिलो खेल खेलेका ‘प्लेइङ सेट’ गरी १२ खेलाडी दोस्रो खेलमा समेत छन् । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाहले चोट बोकेका रक्षक अनन्त तामाङ र अट्याकर प्रशान्त अवस्थीलाई बाहिर राख्दै दर्शन गुरुङ र मनिष डाँगीलाई अवसर दिएका हुन् ।

प्रशिक्षक अब्दुल्लाहले पहिलो खेलमा ४–३–३ को रणनीति अपनाएका थिए । दोस्रो खेलमा समेत उनी सोहि रणनीति अपनाउन सक्छन् । पहिलो खेलमा खेलेका खेलाडी नै दोस्रो खेलमा खेल्ने सम्भावनासमेत छ ।

पहिलो खेलमा डिफेन्सिभ मिडफिल्डरको भूमिकामा रहेका सुरजजिउ ठकुरी बाहिर रहन सक्छन् । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीबाट खेलिरहेका पुजन उपरकोटीले उनको स्थान लिन सक्छन् । पुजन पहिलो खेलको टोलीमा थिएनन् ।

अन्य १० खेलाडी भने सुरुआती खेलकै हुन सक्छन् । पहिलो खेलमा गोल सोचेजस्तो ननिस्किँदा प्रशिक्षक अब्दुल्लाह ‘रिक्स’ मोल्न चाहँदैनन् ।

नेपालको कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नै रहनेछन् । यदि दोस्रो हाफमा अत्याधिक गोल निस्किए र नेपालले खेलमा पकड राखेको खण्डमा वैकल्पिक विशाल श्रेष्ठ तथा सत्रुघन चौधरीले डेब्युको अवसर पाउन सक्छन् ।

नेपालको कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नै रहनेछन् । यदि दोस्रो हाफमा अत्याधिक गोल निस्किए र नेपालले खेलमा पकड राखेको खण्डमा वैकल्पिक विशाल श्रेष्ठ तथा सत्रुघन चौधरीले डेब्युको अवसर पाउन सक्छन् ।

यता, डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुमन अर्यालकै सम्भावना बढी रहन्छ । दिनेश र देवेन्द्र सेन्टर डिफेन्डरमा रहनेछन् भने गौतम राइट ब्याक रहँदा सुमन लेफ्ट ब्याकको भूमिकामा हुनेछन् । यस्तै, मिडफिल्डरमा पुजनसहित सुमन लामा र तेज तामाङले निरन्तरता पाउन सक्छन् । सुरजको स्थानमा भने पुजनको सम्भावना उच्च छ ।

यता, अट्याकमा समेत सुनिल बल, अन्जन विष्ट र विमल घर्ती मगरले निरन्तरता पाउने सम्भावना बढी छ । विमलले सेन्टर फरवार्डको भूमिका निर्वाह गर्दा सुनिल राइट विंगर हुनेछन् भने अन्जन लेफ्ट विंगरको भूमिकामा रहनेछन् । आवश्यकताअनुसार सुनिल र अन्जनले पोजिसन परिवर्तनसमेत गर्न सक्छन् । यदि दोस्रो हाफमा गोल ननिस्किएमा सुनिललाई मनिष डाँगी र अन्जनलाई सुजल श्रेष्ठले समेत परिवर्तन गर्न सक्छन् ।

आवश्यकताअनुसार प्रशिक्षक अब्दुल्लाहले तेज र सुमनको स्थानमा विशाल राईलाई समेत अवसर दिन सक्छन् । दुवैको स्थानमा एरिक विष्टसमेत लिन सक्छन् ।

आवश्यकताअनुसार प्रशिक्षक अब्दुल्लाहले तेज र सुमनको स्थानमा विशाल राईलाई समेत अवसर दिन सक्छन् । दुवैको स्थानमा एरिक विष्टसमेत लिन सक्छन् । सेन्टर फरवार्डमा विमलको विकल्पमा आशिष लामा समेत रहेका छन् ।

नेपालको सम्भावित ११ खेलाडी

गोलरक्षकः किरणकुमार लिम्बू
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ
फरवार्डः सुनिल बल, अन्जन विष्ट, विमल घर्ती मगर

दोस्रो खेलका लागि नेपाली टिम

गोलरक्षकः किरणकुमार लिम्बू (कप्तान), विशाल श्रेष्ठ, सत्रुघन चौधरी
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी
मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन बिष्ट, एरिक विष्ट, दर्शन गुरुङ, मनिष डाँगी, सुशील राई, सन्तोष तामाङ
फरवार्डः आशीष लामा, विमल घर्तीमगर, आशिष राई

यो पनि
मरिससविरुद्ध नेपालको अग्रता, नेपालले गर्यो गोल
नेपालद्वारा मोरिसस पराजित



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested