English

लडेर पूर्वमिस अमेरिका क्रिस्टको मृत्यु



मिस अमेरिका २०१९विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा मृत्यु भएको छ। न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो। ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन्।

भवनको नवौं तलामा बस्ने चेस्लीको मृत्यु आत्महत्या लक्षित रहेको प्रहरीको दाबी छ। यद्यपि चिकित्सकले हालसम्म उनको मृत्युको आधिकारिक कारण बताएका छैनन्।

चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन्। यसअघि उनले ‘मिस युएसए २०१९’ का ताज जितेकी थिइन्। सन् २०२० मा उनको फर्मले उनलाई आफ्नो पहिलो विविधता सल्लाहकार नियुक्त गरेको थियो। यसबाहेक सन् २०१९ मा चेस्लीले एक्स्ट्राका लागि न्यूयोर्क करेस्पोण्डेन्टका रुपमा काम सुरु गरेकी थिइन्।

चेस्लीको जन्म सन् १९९१ मा मिसिगनको जेक्सन सहरमा भएको थियो। उनी दक्षिण क्यारोलिनामा हुर्किएकी हुन्। उनले साउथ क्यारोलिना युनिभर्सिटीमा पढिन् र सन् २०१७ मा वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ लबाट ग्राजुएसन गरिन्। चेस्लीले नर्थ क्यारोलिना फर्म पोयनेर स्प्रुइल एलएलपीमा एक वकिल र सिभिल लिटिगेटरका रुपमा काम गरेकी थिइन्।



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

Latest










Popular
Suggested