English

के खाँदा प्रोटिन पाइन्छ ? जान्नुहोस्



प्रोटिन हरेक मानव शरीरलाई चाहिन्छ। प्रोटिनले शरीरका विभिन्न कोषिकालाई मर्मत गर्छ र नयाँ कोषिका बनाउन मद्दत गर्छ। सही मात्रामा प्रोटिनयुक्त खानेकुरा खाए तौल घटाउन र मांसपेशी निमार्ण गर्न मद्दत गर्छ। प्रत्येक व्यक्तिले शरीरको तौलमा ०.७५ प्रति किलोग्राम प्रोटिन खानुपर्छ अर्थात् यदि कसैको तौल ८० किलो छ भने उसले कुनै न कुनै रूपमा ६० ग्राम प्रोटिन उपभोग गर्नुपर्छ। शारिरीक परिश्रम गर्नेहरूले शरीरको तौलमा ९१.५ प्रति किलोग्राम प्रोटिन विज्ञको सल्लाहअनुसार खानुपर्छ। के खाँदा प्रोटिन पाइन्छ ?

टोफु

टोफु पनिर जस्तै हो। यो भटमासबाट बनाइन्छ। यसलाई सोया पनिर पनि भनिन्छ। कतिपयले पनिरको सट्टा टोफु पनि खाने गर्दन्। १०० टोफुबाट करिब १०९१२ ग्राम प्रोटिन पाइन्छ। बजारमा पाइने स्वादयुक्त टोफुको सट्टा सादा टोफु मात्र खानुहोस्।

सोयाबिन

सोयालाई सोयाबिन पनि भनिन्छ। यो प्रोटिनको राम्रो स्रोत हो। ५० ग्राम सोयाको टुक्रामा २५ ग्राम प्रोटिन पाइन्छ। विज्ञहरूका अनुसार पुरुषले दिनमा ५० ग्रामभन्दा बढी सोया खानु हुँदैन। सोयामा फाइटोएस्ट्रोजेन्स पाइन्छ, जसले पुरुषको शरीरमा प्राकृतिक एस्ट्रोजन स्तरलाई बिगार्छ।

पनिर

पनिरलाई कटेज चिज पनि भनिन्छ। यो दूधबाट बनाइन्छ। १०० ग्राम पनिरमा लगभग १८.२० ग्राम प्रोटिन हुन्छ। पनिर कुनै रुपमा खान सकिन्छ। जस्तैः भुर्जी बनाउने, तरकारी बनाउने, काँचो आदी।

बदाम

बदाममा बोसो र प्रोटिन उच्च मात्रामा पाइन्छ। १०० ग्राम बदाममा २५ ग्राम प्रोटिन पाइन्छ। यो परीक्षणमा पनि राम्रो देखिन्छ र सजिलै उपलब्ध छ। बजारमा पाइने प्याकेट गरिएको बदाम नखानुहोस् किनकि तिनिहरूलाई लामो समयसम्म ताजा राख्नको लागि प्रिजर्भेटिभहरू थपिएको हुन्छ।

दाल

दाल प्रोटिनको धेरै राम्रो स्रोत हो। दालमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ। आधा कप पहेंलो वा हरियो दालमा ८९९ ग्राम प्रोटिन पाइन्छ। प्रोटिनका लागि मुग, तुर र चनाको दाल खान सकिन्छ।

चना

पकाएको चनामा प्रोटिन भरपुर हुन्छ। आधा कपमा लगभग ७.२५ ग्राम प्रोटिन हुन्छ। रोटी वा भातसँग सजिलै खान सकिन्छ। जुन स्वादिलो पनि हुन्छ। चना एक निश्चित मात्रामा मात्र सेवन गर्नुहोस्, किनकि यसमा क्यालोरी हुन्छ।

हरियो मटर

जाडो मौसममा आउने हरियो मटर पनि प्रोटिनको राम्रो स्रोत हो। १०० ग्राम मटरमा ५.४ ग्राम प्रोटिन हुन्छ। स्वादसँगै यो प्रौष्टिकतामा पनि निकै राम्रो हुन्छ।

चिया बीज

चियाको दानामा प्रशस्त मात्रामा पोषक तत्त्व हुन्छ। २८ ग्राम चियाको दानामा ४ ग्राम प्रोटिन हुन्छ। अनुसन्धानअनुसार यसले रातको भोकलाई ५० प्रतिशतले घटाउन सक्छ। यो जुनसुकै तरिकाले सेवन गर्न सकिन्छ।

ग्रीक दही

ग्रीक दही प्रोटिनको एक धेरै राम्रो स्रोत हो। यो सामान्य दहीभन्दा फरक छ। यसमा क्याल्सियम हुन्छ, सामान्य दहीको तुलनामा क्याल्सियम, भिटामिन बी १२, आयोडिन र प्रोटिन बढी पाइन्छ। १०० ग्राम ग्रीक दहीमा लगभग १० ग्राम प्रोटिन हुन्छ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।