English

चित्त एकाग्रताका लागि प्राणायाम



प्राणायाम योगको एउटा मुख्य अंग हो । योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरूमध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो ।

डा. गोविन्द टण्डनका अनुसार नै योग हाम्रो जीवनमा कति महत्वपुर्ण छ भनेर बुझाउँछ । योगले केवल शरीर स्वस्थ्य बनाउन सहायता मात्र गर्दैन यसको माध्यमले चित्तमा एकाग्रता पनि बढाउँछ ।

यसरी गर्नुहोस् प्राणायाम

– शवासन–शिथिलासनमा सुत्नुहोस् ।
शरीरलाई एकदमै लचिलो बनाउनुहोस् ।
– बाहिरी आवाज नआउन कानमा कपास राखेर आँखा बन्द गर्नुहोस् ।
– त्यसपछि नाकको टुप्पोमा हेर्नुुहोस् ।
– साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्नुहोस् ।
– पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखी भौँको बीचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्नुहोस् ।
– अब केही निन्द्राजस्तो आउन खोज्छ । यदि, त्यसो भयो भने त्यसलाई नतोड्नुहोला ।

यस अवस्थामा दिव्य ज्योतिस्वरूप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिन–दिनै बढ्दै जानेछ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।