English

निको हुनेको संख्या बढ्दै



नेपालमा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार १ सय ९१ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ८८ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा १ हजार ३ सय ६१, भक्तपुरमा ९० र ललितपुरमा २ सय ७१ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ ।

नेपालमा हाल ७९ हजार २ सय ७२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा ७७ हजार ६ सय ६५ जना संक्रमित होम आइसोलेसन र १ हजार ६ सय ०७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय ८८ संक्रमितको आईसीयु र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ