फोहोर व्यवस्थापनबाटै चार महिनामा २४ लाख रुपियाँ आम्दानी
स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणानुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रूपान्तरण गरेसँगै देशका विभिन्न पालिका तथा फोहोरमैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ–संस्था अध्ययनका लागि आउने गरेका छन् ।
आर्थिक वर्ष २०७१/०७२ देखि फोहोरमैला सङ्कलन थालेको नगरपालिकामा हालसम्म नगरपालिका/गाउँपालिका तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने पाँच सयभन्दा बढी विभिन्न सङ्घसंस्थाले अध्ययन–अवलोकन गरिसकेका छन् ।
नदी, खोला किनारमा फोहोर थुपार्नाले वातावरण प्रदूषित भएको भनी विरोध भइरहँदा नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन् ।
कतिपय ठाउँमा फोहोरमैला व्यवस्थित तरिकाले नछुट्टयाइने र जम्मा गर्ने मात्रै गर्दा डम्पिङ साइटका रूपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फोहोर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै छन् ।
नदी, खोला किनारमा फोहोर थुपार्नाले वातावरण प्रदूषित भएको भनी विरोध भइरहँदा नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन् ।
फोहोरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिरहेका बेला त्यसको व्यवस्थापनबारे यहाँ आएर अध्ययन अवलोकनपछि आ–आफ्ना ठाउँमा कार्यान्वयन गर्ने संघसंस्था धेरै छन् ।
गाउँपालिकाको जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि वालिङले फोहोरमैलाका क्षेत्रका गरेको नमुना कार्यको अध्ययन अवलोकन गरिएको तनहुँको आबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । ‘फोहोरमैलाको व्यवस्थापनमा पुरस्कृत भइसकेको वालिङ नगरपालिकाको मोडेलका बारेमा हामीले त्यहीँ पुगेर हेर्यौँ’, अध्यक्ष थापाले भने –‘अध्ययन अवलोकनपछि त्यही मोडेल अपनाई हामीले पनि २०७४ भदौदेखि फोहोर सङ्कलन थाल्यौंँ ।’
फोहोर सङ्कलन गर्दा एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरिएको छ ।
फोहोर सङ्कलन गर्दा एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरिएको छ । वडा नं ३ कुडुलेमा फोहोरमैला व्यवस्थापन गर्दै आएको गाउँपालिकाको निगरानीमा एक कम्पनीमार्फत फोहोर सङ्कलनका लागि सम्झौता भएको छ ।
फोहोर वर्गीकरणमा ६ र गाडीमा फोहोर सङ्कलनका लागि तीन कर्मचारी छन् । फोहोरमैला बिक्रीबाट प्राप्त आम्दानीमध्ये ३० प्रतिशत टोल सुधार समिति, ६० प्रतिशत कम्पनी र १० प्रतिशत गाउँपालिकाको आम्दानीका रूपमा राख्ने गरिएको अध्यक्ष थापाले बताए ।
फोहोरमैला वर्गीकरण नगरी थुपार्ने मात्रै गर्दा जग्गा पाउन समस्या भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाका नगर प्रमुखसहित केही वडाध्यक्ष एवं वाणगङ्गा गजेडामा रहेका भूतपूर्व सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वालिङको सरसफाइ केन्द्रको अध्ययन अवलोकन गरेका थिए ।
फोहोरमैलाको व्यवस्थापनमा जोड दिने गरी नगरपालिकाका जनप्रतिनिधि र खानेपानी तथा सरसफाइका क्षेत्रमा कार्य गर्दै आएका संस्थाका पदाधिकारीले संयुक्तरूपमा अवलोकन गरेको वाणगङ्गा गजेडा भूपू सैनिक खानेपानी तथा उपभोक्ता समिति एवं खानेपानी उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्रविक्रम शाहीले बताए ।
‘फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सकियो भने आम्दानीको स्रोत हुन्छ भन्ने उदाहरण वालिङमा देख्न सकिन्छ’ शाहीले भने ।
उनका अनुसार नगरपालिकासँग धेरै चरणमा बैठक बसे पनि निकास पाउन सकेको छैन । फोहोरमैला व्यवस्थापनका लागि एक ठाउँमा जग्गा उपलब्ध नभए अन्य पालिकासँग सहकार्य गरेर भए पनि व्यवस्थापनको काम अगाडि बढाउन छलफल चलाइने छ । ‘फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सकियो भने आम्दानीको स्रोत हुन्छ भन्ने उदाहरण वालिङमा देख्न सकिन्छ’ शाहीले भने ।
नगरपालिकाले गरेको फोहोरमैला व्यवस्थापनको शुरुआती चरणदेखि हालसम्मका प्रक्रियाका बारेमा वाणगङ्गामै पुगेर सरोकार पक्षलाई प्रशिक्षण दिइएको वालिङ नगरपालिका, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताए ।
नगरपालिका र दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहोरमैला व्यवस्थापनको चारखम्बे अवधारणानुसार २०७१ असोजमा सम्झौता भई फोहोर सङ्कलन शुरु भएको थियो । चारवर्षे सम्झौता सकिएपछि नगरपालिका आफैँले अहिले व्यवस्थापन गर्दै आइरहेको छ ।
यस्तै, नगर प्रमुख दिलीपप्रताप खाँणका अनुसार देशका विभिन्न सहरमा फोहोरमैलाको उचित व्यवस्थापन नभएकै कारण समस्या झेलिरहँदा नगरपालिकाले भने फोहोरमैला व्यवस्थापन गरी चारमहिना यता २४ लाख रुपियाँ आम्दानी गरेको बताउँछन् ।
यस्तै, नगर प्रमुख दिलीपप्रताप खाँणका अनुसार देशका विभिन्न सहरमा फोहोरमैलाको उचित व्यवस्थापन नभएकै कारण समस्या झेलिरहँदा नगरपालिकाले भने फोहोरमैला व्यवस्थापन गरी चारमहिना यता २४ लाख रुपियाँ आम्दानी गरेको बताउँछन् । ‘राम्रो व्यवस्थापनले फोहोर समस्या नभई आर्थिक विकासको माध्यम हुन सक्छ’, उनले भने ।
कारखाना सञ्चालनमा आएपछि यो नेपालकै एक मात्र एकीकृत फोहोर प्रशोधन केन्द्र बन्ने छ । नगरपालिका फोहरमैलाका क्षेत्रमा पटक–पटक पुरस्कृत भइसकेको छ । दैनिक दुई टिपरमार्फत कुहिने र नकुहिने फोहोर सङ्कलन गर्ने गरिएको छ । घरघरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडामा राखिने तथा छुट्टाछुट्टै गाडीमा सङ्कलन गरी सरसफाइ केन्द्रमा लगेर थप वर्गीकरण गरिन्छ । कुहिनेलाई कम्पोस्ट मल र नकुहिनेलाई वर्गीकरण गरेर बिक्री गरिन्छ ।
घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूँखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख खाँणले बताए ।
नगरपालिकाले निर्माण गरेको ‘बेस्ट रिसोर्स म्यानेजमेन्ट सेन्टर’ मा नै दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याइएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि कारखाना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूँखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख खाँणले बताए ।
नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्यास र कम्पोस्ट मल बनाइनुका साथै त्यहाँबाट निस्केको पानी प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ ।
नगरपालिकाले नेपाल नगरपालिका सङ्घसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन तथा राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउन्डेसनका सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत कारखाना निर्माण गरी सञ्चालनमा ल्याएको हो । ‘प्लान्टबाट आधुनिक कम्पोस्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानी प्रशोधन गरी पुनःप्रयोग गर्न सकिने नगरपालिकाका इन्जिनियर दीपेन्द्र मल्लले बताए ।
गरपालिकालाई ६ हजार ५ सय शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने तथा घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की भरिएपछि खाली जमिन, खेतबारी र जङ्गलमा ट्याङ्करमार्फत व्यवस्थित गरिदिने इन्जिनियर मल्ल बताउँछन् ।
नगरपालिकालाई ६ हजार ५ सय शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने तथा घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की भरिएपछि खाली जमिन, खेतबारी र जङ्गलमा ट्याङ्करमार्फत व्यवस्थित गरिदिने इन्जिनियर मल्ल बताउँछन् ।
यसैगरी, ‘निजी व्यवसायीबाट ट्याङ्की खाली गर्नुपर्दा महँगो भएको बताउने स्थानीय शिवप्रसाद पाण्डेले नगरपालिकाको कामले सहज भएकोे बताउँछन् ।
यो पनि…
मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति
बजेट नहुँदा गौरवका योजना अलपत्र