English

बेडसिट किन्दा यी कुरामा ध्यान दिनुहोस्



कोठा तपाईंको व्यक्तित्वको दर्पण हो । पाहुना आउँदा होस् या अनलाइन कक्षाको लागि, त्यतिबेला आफ्नो बेडरुमको लुक अझ महत्वपूर्ण हुन्छ ।

अधिकांश इन्टरनेटका कामहरू हामीले घरबाटै गरिरहेका छौँ । त्यसैले, तपाईं आफ्नो घरको लुक परिवर्तन गर्न जरुरी हुन्छ ।

आफू बस्ने कोठा सजाउनका लागि सही बेडसिट छान्नुहोस्, जसले गर्दा तपाईंको कोठाको लुक बदलिन्छ ।

बेडसिटको रंग छान्नुहोस्

यदि, तपाईं चम्किलो रंगको प्रशंसक हुनुहुन्छ भने रंगीन बेडसिट छान्नुहोस् । यसले तपाईंको कोठालाई सुन्दर रंगले भरिनेछ ।

यदि, तपाईंलाई हल्का रंग मनपर्छ भने तपाईं गुलाबी, निलो, हरियो र खैरो रंगको बेडसिटहरू छनोट गर्नुहोस् । यसले कोठालाई शितलतासँगै आराम दिनेछ ।

सादा बेडसिट रोज्नुहोस्

बेडसिटमा हाम्रो कपाल र छालाको सम्पर्क रहन्छ । सादा र सिल्क बेडसिटले विलासी लुक पनि दिन्छ । यसैगरी, सादा कपासको ओछ्यानले सुख र आरामदायी प्रभाव हुन्छ ।

गुणस्तरमा ध्यान दिनुहोस्

जसरी हामी अन्य सामान किनमेल गर्दा राम्रो गुणस्तरको चिजहरू किन्छौँ । त्यसैगरी, बेडसित किन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ ।

बेडसिटको गुणस्तर भनेको धागोमा निर्भर रहन्छ । थ्रेड काउन्ट जति उच्च हुन्छ बेडसिटको गुणस्तर त्यति नै राम्रो हुन्छ । एक सय ८० भन्दा बढी भएका थ्रेड काउन्ट भएका बेडसिटहरू किन्नु लाभदायक हुन्छ । यसबाहेक फिनिसिङ र बुनाइमा पनि ध्यान दिनु जरुरी छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका