English

कवाडी बटुलेरै आठ जनाको परिवार पाल्दै



छायाँनाथ रारा नगरपालिका–१ छत्यालकी ३७ वर्षीया जौमती नेपाली हरेक बिहान पाँच बजे नै सदरमुकाम गमगढी बजारमा पुग्छिन् । यसरी बिहानै गमगढी बजारतिर जानु उनको बाध्यता हो । उनलाई पनि अरु महिलाजस्तै केटाकेटीलाई विद्यालय पठाएर उनीहरू आउने बाटो हेरेर बस्ने रहर नभएको होइन । तर, यी सबै रहर मारेर उनी झिसमिसेमै नाम्लो बोकेर गमगढीतिर लाग्छिन् ।

उनी छायाँनाथ बजारमा कवाडी संकलनको काम गर्छिन् । यसैबाट आएको आम्दानीले उनको परिवार चलिरहेको छ । घरमा चलाउन आम्दानी गर्ने कोही नभएपछि उनी आफैँ यो काममा तम्सिएकी हुन् । जौमतिले यहीबाट आएको आम्दानीले आधा दर्जन छोराछोरी र श्रीमानको खर्च धानिरहेकी छिन् ।

कवाडी संकलन गर्ने सदरमुकाम गमगढीमा उनी एक्ली महिला हुन् । खासै आम्दानी नभए पनि बिहान बेलुका छाक टार्न पुगेको उनले बताइन । उनी भन्छिन- ‘यसैबाट नुन, तेल, कपडा किन्न पुगेको छ ।’

कवाडी संकलन गर्ने सदरमुकाम गमगढीमा उनी एक्ली महिला हुन् । खासै आम्दानी नभए पनि बिहान बेलुका छाक टार्न पुगेको उनले बताइन । उनी भन्छिन- ‘यसैबाट नुन, तेल, कपडा किन्न पुगेको छ ।’ उनले १०–१५ रुपैयाँमा कवाडी बेच्ने गर्छिन् । कमाइ थोरै भए पनि खटाइ धेरै हुने उनी बताउँछिन् ।

१५ वर्षदेखि उनले यो काम गर्दै आए पनि उनको जीवन र दैनिकी उस्तै छ । सामान्य साक्षरसमेत नभएका कारण उनले अन्य पेशा गर्न आँटसमेत नगरेको बताउँछिन् । उनी भन्छिन्, ‘भारत जाउ भने घरमा बालख छोराछोरी छन् ।’

फुर्सद भएका बेला उनले बजारका व्यापारीहरूले ल्याएको सिमेन्ट, चामल, नुनलगायत खाद्यान्न सामान ओसार्ने समेत गरेको बताउँछिन् । उनले भनिन्, ‘महिला त चुलो चौकोमा मात्र सीमित हुनुपर्छ भन्छन् । घरको डिल नाघ्नुहुँदैन भन्छन् । तर, आफूलाई घरको डिल ननाघे भोकै पर्नुपर्छ ।’

जौमतीले आफूसँग केही सीप नभएकाले यस्तो दुःख गर्नुपरेका कारण स्थानीय सरकारले विपन्न र गरिबलाई लक्षित गरी केही सीपमूलक तालिम दिनुपर्ने माग गर्छिन् ।

‘स्थानीय सरकारले सीपमूलक तालिम दिए हुने’

जौमतीले आफूसँग केही सीप नभएकाले यस्तो दुःख गर्नुपरेका कारण स्थानीय सरकारले विपन्न र गरिबलाई लक्षित गरी केही सीपमूलक तालिम दिनुपर्ने माग गर्छिन् ।

‘चुनावका बेला विभिन्न प्रलोभन, लोभ देखाएर भोट माग्छन् जितेपछि वास्ता गर्दैनन् । स्थानीय सरकारले सिपमुलक काम दिए त्यसैबाट आम्दानी गर्न सक्थ्यौँ कि,’ उनले भनिन् । स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्न लाग्दासमेत नगरपालिकाले विपन्न, गरिब, महिलाको लागि कुनै सीपमूलक कार्यक्रम नल्याएको उनी बताउँछिन् ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०