English

केरा खानेले छोरा जन्माउने सम्भावना उच्च



पितृ सत्तात्मक देशमा छोराको महत्व धेरै हुन्छ । जति धेरै शिक्षित परिवार भए पनि छोरा र छोरीबीचको विभेदको कुरा बाहिर आउने गरेको छ ।

धेरैले छोराकै चाहनाका कारण पारिवारिक सम्बन्ध बिगारेका पनि छन् । छोराको चाहना राखेकै कारण गर्भपतनको क्रम पनि बढेको छ ।

तर, यस्ता केही सोच र भनाइहरू छन् जसको प्रयोगले छोराको रहर पूरा हुन्छ । एक अध्ययनको नतिजाअनुसार केरा खाए छोरा जन्मने सम्भावना हुन्छ । तपाईं पत्याउनुहुन्छ ?

संसारभरि एउटा मान्यता रहिआएको छ भने गर्भवती हुने समय र भइसकेपछि दैनिक रूपमा अत्यधिक मात्रामा केरा खाए छोरो जन्मन्छ । अनि त्यही समयमा दूध बढी सेवन गरे बच्चा गोरो जन्मिन्छ भन्ने मान्यता छ ।

विद्वानहरूले सात सय ४० जना गर्भवती महिलाहरूलाई सहभागी गराएर अध्ययन गरेका थिए । सहभागीहरू महिलाहरूमध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए, उनीहरूको छोरा भएको थियो ।

यही मान्यतालाई आधार मानेर विज्ञहरू अनुसन्धान गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका विद्वान्हरूले गरेको अध्ययन अनुसार, केराको सेवनबाट छोरा हुने सम्भावना केही बढी देखिएको छ ।

यसका लागि विद्वानहरूले सात सय ४० जना गर्भवती महिलाहरूलाई सहभागी गराएर अध्ययन गरेका थिए । सहभागीहरू महिलाहरूमध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए, उनीहरूको छोरा भएको थियो ।

त्यसैगरी, कम क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको भने छोरी भएको अनुसन्धानबाट देखिएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार, केरामा पोटासियमको मात्र धेरै हुन्छ, जसले लिङ्गको लम्बाइ बढाउनसमेत मद्दत गर्छ । तर, उनीहरूको अध्ययनअनुसार, केरा खाँदा छोरा हुने सम्भावना ५५ प्रतिशत हुन्छ ।

त्यसैगरी, गर्भवती हुँदा छाती बढी पोल्छ भने रौँ धेरै भएको बच्चा जन्मने कुरा पनि वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested