English

चिसोयाममा घुँडा दुख्ने समस्याबाट यसरी बच्नुहोस्



घुँडा दुख्ने समस्या प्रायः सबै उमेर समूहका मानिसमा हुन्छ । अझै, ४० वर्षभन्दा माथिको उमेरसमूहमा यो समस्या बढी देखिन्छ । बालबालिकावृद्धवृद्धामा यसको कारण फरक–फरक हुन सक्छ ।

साना एवं कलिला उमेरका बच्चाहरूमा भिटामिन ‘डी’ र क्याल्सियमको कमीको कारणले गर्दा घुँडा दुख्ने समस्या आउँछ । तर, उमेर बढ्दै गएपछि आफैं ठीक हुन्छ ।

पाको उमेरका मानिसहरूमा हुने घुँडा दुखाइको प्रमुख कारण भने हड्डी खिइनु हो । यसबाहेक अन्य कारणहरूमा उक्त जोर्नीको आसपासको मांसपेशी कमजोर हुनु, पांग्रा च्यातिनु अर्थात् चोटपटक लागेर पनि घुँडा दुख्छ ।

पाको उमेरका मानिसहरूमा हुने घुँडा दुखाइको प्रमुख कारण भने हड्डी खिइनु हो । यसबाहेक अन्य कारणहरूमा उक्त जोर्नीको आसपासको मांसपेशी कमजोर हुनु, पांग्रा च्यातिनु अर्थात् चोटपटक लागेर पनि घुँडा दुख्छ ।

त्यसैगरी, जाडोको समयमा धेरै मानिसहरूमा बढी घुँडा दुख्ने समस्या हुन्छ । यसका विभिन्न कारणहरू र समाधानका उपायहरू बुझौँ ।

जाडोमा किन दुख्छ घुँडा ?

जाडोयाममा पाको उमेर समूहमा घुँडा दुख्ने समस्या अझ बढेको हुन्छ । चिसोका कारण जोर्नीका मांसपेशीहरू खुम्चिन्छन् जसकारण घुँडाको जोर्नीका हड्डी आपसमा तकराव र घर्षण हुन्छ । लामो समयसम्म यस्तो हुँदा घुँडाको जोर्नीका सतहीमा रहेको कुरकुरे हड्डी जसलाई कार्टिलेज भनिन्छ त्यो बिग्रिँदै जान्छ ।

त्यति मात्र नभई जाडोका कारण शरीर त्यति चलायमान नहुने र जोर्नी पनि कम चल्ने हुन्छ । जोर्नीका नसाहरू खुम्चिएर रक्तसञ्चारमा कमी आई जोर्नी बिग्रिन सक्छ ।

शरीरमा भिटामिन ‘डी’, क्याल्सियम, म्याग्नेसियम लगायतका खनिज पदार्थको कमीले पनि घुँडा दुख्छ । यीबाहेक पनि अन्य घुँडाको हड्डीको विभिन्न रोग तथा अवस्थाका कारण पनि दुखाइहरू हुन्छन् ।

यस्ता विभिन्न कारणहरूले गर्दा खिइएको जोर्नीका तल्लो र माथिल्लो हड्डी घर्षण हुन गई दुखाइ झन् बढ्छ ।

शरीरमा भिटामिन ‘डी’, क्याल्सियम, म्याग्नेसियम लगायतका खनिज पदार्थको कमीले पनि घुँडा दुख्छ । यीबाहेक पनि अन्य घुँडाको हड्डीको विभिन्न रोग तथा अवस्थाका कारण पनि दुखाइहरू हुन्छन् ।

कसरी बच्ने ?

जाडो मौसममा घुँडा दुख्नबाट बच्नु भनेको यसलाई चलायमान राख्नु हो र चिसोबाट बच्नु पनि हो । घरैमा बसी तलका विभिन्न क्रियाकलापहरूबाट घँुुडा दुखाइको समस्याबाट बच्न सकिन्छ ।

१) सुत्नुअघि मनतातो पानीले नुहाउने

तातो पानीले नुहाउँदा जिउलाई आराम महसुस हुनुको साथै जोर्नीको दुखाइबाट पनि राहत मिल्छ, जसले गर्दा निद्रा राम्रो लाग्छ । साथै, जोर्नीमा रगत सञ्चालन बढाउँछ ।

२) आरामदायी स्थितिमा सुत्ने

घुँडालाई आराम दिएर सुत्दा त्यसको दुखाइ कम हुन्छ । सुत्नेबेला घुँडामा सिरानीको प्रयोग गर्न सकिन्छ । उत्तानो परेर सुत्दा सिरानीलाई घँुडामुनि राख्न सकिन्छ भने कोल्टे परेर सुत्ने बेला घुँडाको बीचमा सिरानी राख्नु राम्रो मानिन्छ । यसो गर्दा घुँडाको जोर्नी आपसमा घर्षण नहुने तथा वरपरका मांसपेशीहरू पनि तन्किँदैनन् ।

३) तातो प्याक प्रयोग गर्ने

चिसोमा घुँडालाई न्यानो पार्न तातो प्याक प्रयोग गर्न सकिन्छ । करिब १०–२० मिनेटसम्मको तातोपानीको प्याक अथवा इलेक्ट्रिक तातो पार्ने प्याकहरूको प्रयोग गर्दा घुँडामा रक्तसञ्चार राम्रो हुन्छ । तर, यी वस्तुहरू प्रयोग गर्दा छाला पोल्ने पनि हुन सक्छ र स्वास्थ्यमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।

४) शरीरको तौल घटाउने

शरीरको वजनको कारणले पनि मानिसको घुँडा या अन्य जोर्नीहरूमा थप चाप पर्न जान्छ जुन जाडोमा झन् बढी दुख्ने हुन्छ । अतः स्वास्थ्य तौल कायम राख्नु भनेको घुँडामा पर्ने चापलाई कम गर्नु हो ।

शरीरको तौल कम भएपछि घुँडा दुखाइ पनि कम हुन्छ । वजन घटाउनका लागि सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, हल्का गतिविधि जस्तै, पौडी खेल्ने, साइकल चलाउने, बिहान बेलुकी हिँडडुल गर्न सकिन्छ ।

५) उकालो–ओरालो कम गर्ने

धपेडी काम एवं धेरैपटक उकालो ओरार्ला गर्नाले पनि घुँडामा धेरै भार पर्दछ जसको कारणले हड्डी खिई ज्यादा दुख्ने गर्दछ । चिसोमा घुँडा दुख्ने समस्या छ भने यस्ता गतिविधिहरू सकेसम्म कम गर्नुपर्दछ ।

शरीरका गतिविधिहरू पूरै कम गर्नाले पनि शरीरको वजन बढ्ने समस्या हुन सक्छ । उकालो ओरालोका गतिविधिहरू कम गर्ने, तर सम्म स्थानमा हिँडडुल गर्ने बानी गर्नुपर्दछ ।

६) न्यानो कपडा लगाउने

घुँडालाई न्यानो पार्न न्यानो कपडाहरू लगाउनले जाडो महिनाहरूमा यसको दुखाइ केही मात्रामा कम गर्न सकिन्छ ।

७) क्याल्सियमयुक्त खानेकुरा खाने

क्याल्सिमको कमीले गर्दा हाडजोर्नी एवं वरपरका मांसपेशी कमजोर हुने र जाडोमा घुँडा दुखाइको मात्रा धेरै हुने भएकोले खनिजयुक्त विशेषगरी क्याल्सियमयुक्त खानपिन गर्नु पर्दछ । माछा मासु, अण्डा, दाल, दूध तथा दही जस्ता खानेकुरामा यी खनिजहरू नियमित सेवन गर्नु उत्तम हुन्छ ।

यदि, शरीरमा क्याल्सिमको कमी छ भने खाना मात्र नपुग्ने हुन्छ त्यसैले क्याल्सिम सप्लिमेन्ट लिनु आवश्यक हुन्छ ।

८. बिहानको पारिलो घाममा बस्ने

त्यस्तैगरी, जाडोको समयमा न्यानो र पारिलो घाममा बस्नाले शरीर न्यानो हुने र भिटामिन ‘डी’ पनि शरीरले पाउने गर्दछ । न्यानोले रक्तसञ्चारलाई राम्रो गराउँछ भने भिटामिन ‘डी’ले हामीले खाने खानेकुराबाट विभिन्न खनिजहरू विशेषगरी क्याल्सियम प्राप्तिका लागि सहयोग गर्दछ ।

९. नियमित व्यायाम गर्ने

शरीरलाई तन्दुरुस्त राख्न व्यायामको आवश्यक हुन्छ । व्यायमले जोर्नीलाई समेत स्वस्थ राख्छ । विशेषगरी, घुँडा दुखाइका व्यायामहरू फरक हुन्छ । सही तरिकाले व्यायाम गरिएन भने दुखाइ अझ बढी हुन्छ ।

खासगरी घुँडा दुखाइका व्यायामहरू गर्दा धेरैपटक खुम्चाउने व्यायामहरू जस्तै उकाले ओरालो दौडिने, तलमाथि गर्ने, उठबसका व्यायाम कम मात्रामा गर्नुपर्दछ भने घुँडाको वरपरका मांसपेशीका व्यायामहरू सही तरिकाले गर्नुपर्दछ ।

घुँडाका समस्या भएका व्यक्तिहरूले हाडजोर्नीका डाक्टर तथा फिजियोथेरापिस्टको सल्लाहमा उचित व्यायाम गर्नु राम्रो हुन्छ ।

१०. सही समयमा डाक्टरसँग परामर्श लिने

यदी घुँडा दुखाइ झन् बढी हुँदै गएमा र धेरै समय हुदा पनि सुधार नआएमा घुुँडा सम्बन्धित हाडजोर्नी डाक्टरसग परामर्श लिनु बेस हुन्छ । यो दुखाइ निरन्तर हुनु अन्य कारणहरू पनि हुन सक्छ । यसका लागि सम्बन्धित डाक्टरसँग जाँच एवं परामर्श लिई आवश्यक रगतको जाँच, एक्सरे खिच्नेलगायत एमआरआई ९ःच्क्ष्० पनि गर्नुपर्ने हुन सक्छ ।

डा. सुवाल हाल मध्यपुर अस्पताल, भक्तपुरको हाडजोर्नी तथा नसारोग विभागमा कार्यरत छन् ।



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested