English

यस्तो छ आजको मौसम



हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीकोप्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपरान्ह्पछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँका न्यूनतम तापक्रम तीन डिग्रिसेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । आज बिहान पनि काठमाडौँसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

यो पनि…
देशभरि हिमपात

यी स्थानमा वर्षा र हिमपातको सम्भावना



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested