English

गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर



आगामी १२ फेब्रुवरीमा हुने बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन्।

बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनसीप २०१९ का विजेता हुन्।

‘जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस, अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिंग गेमहरूमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए,’ राइडरका पूर्वप्रशिक्षक तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने।

३३ वर्षीय ब्रिटिस बक्सिङ खेलाडी जोन राइडरले उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन्। उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियन को रुपमा पनि परिचित छ्न्।

लण्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केबाजी हुनेछ। त्यसका लागि टिकट तोकिएको छ।



सम्बन्धित खबरहरु

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

Latest










Popular
Suggested