English

थाहा पाउनुहोस् आजको राशिफल



१६ माघ २०७८, आइतबार। तदनुसार जनवरी ३० तारिक २०२२। माघकृष्णपक्ष त्रयोदशी तिथि, गर करण, पूर्वषाढा नक्षत्र, हर्षण योग, चन्द्रमा धनु राशिमा रहेको छ। आज विहान ६ः५४ मा सूर्योदय भयो भने १७ः४१ मा सूर्यास्त हुनेछ। आजको देवता भग र ग्रहदेव सूर्य रहेको छ। आइतबारको दिन सूर्यरानारायणको दर्शन गर्नु निकै उत्तम मानिन्छ। आइतबारलाई सूर्यको बार भनिन्छ। आज विहान ११ः५६ देखि १२ः ३९ सम्म अभिजित मुहूर्त रहेको छ। आज ४ः२२ देखि ५ः४३ सम्म राहुकाल रहेको छ। राहुकाल भएको समयमा कुनै पनि शुभकर्म नगर्नु होला।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला। मनमा अनेक सोच र चिन्ता  हुनसक्छ। त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला। आज  आकस्मिक संकट आउनसक्ने छ। आर्थिक व्यय हुनेछ। आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा बेस हुनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन तपाईंलाई अर्थलाभ हुनेछ। व्यापारबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोला। तपाईंको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई खुसियाली हुनेछ। आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ। आजको दिन सोचअनुसारको काम हुनेछ। बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ। कसैसँग विवाद नगर्नुहोला।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ। तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ। त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु बेस हुनेछ। नियमित कामबाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  सिंह राशिका जातकले आइतबार बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला। तपाईंलाई अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ। नयाँ भेटले काममा उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ। कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने उनको आशीर्वादले सकारात्मक सोच बढ्ने छ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ। त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई हानीहुनसक्छ। यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ। आत्तिनु र दुःखी हुनभन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला। मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ। आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ। कसैलाई पनि तपाईंबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। तपाईंको सोचअनुसार काम हुनेछ। चन्द्रमाको साथ रहेको छ। आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला। सूर्यनारायणलाई जल अर्पण गर्नुहोला।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : ब्यापारबाट लाभ हुनेछ। परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ। सकारात्मक सोच र मनमा उर्जा थपिने छ। आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ। 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ। ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। तपाईंलाई हौसला दिनेछन्। सामाजिक काममा मन जानेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला।  काममा सकारात्मक सोच आउने छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ। आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला।



सम्बन्धित खबरहरु

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो