English

उमेर ८३ वर्ष, छैन नागरिकता



कनकासुन्दरी गाउँपालिका-१ रियागाउँकी ३२ वर्षीया कमला बुढा (कठायत) एक छोरी र एक छोरा छन्। स्थानीय स्याउ बगैँचामा मजदुरको रुपमा काम गर्दै आए उनी यही मजदुरीले छोराछोरी पालिरहेकी छिन्।

ज्याला मजदुरीबाट बचेको केही रकम बैंकमा राख्न खोज्दा खाता खोल्न नपाएको उनले बताइन्। ३२ वर्षकी भइसक्दा पनि पति तथा माइती कतैबाट पनि नागरिकता नबनाइदिँदा उनी कसरी नागरिकता बनाउने होला भनेर रनभुल्लमा परेकी छिन्।

घर झगडा परेपछि उनी अहिले एक्लै बस्छिन्। उनको विवाह दर्ता समेत नभएको बताइन्। नागरिकता नहुँदा बैंकमा खाता खोल्नलगायत अन्य सार्वजनिक सेवाबाट समेत बञ्चित भएको उनले बताइन्।

कमलाको माइती घर पातारासी गाउँपालिका-७ पटमारा हो। रियागाउँका ३५ वर्षीय हस्त कठायतसँग उनले विवाह गरेकी थिइन्। पति कठायतले नागरिकता र विवाह दर्ताको कुरा गर्नासाथै कुट्ने पिप्ने गरेको उनी बताउँछिन्। नागरिकता नहुँदा मतदाता नामावलीमा नाम टिपाउन समेत नपाएको उनले बताइन्।

मतदाता नामावली नहुँदा अघिल्ला कुनै पनि निर्वाचनमा मतदानबाट पनि बञ्चित भएको उनले बताइन्। नागरिकता अभावकै कारण कोरोनाविरुद्धको खोप लगाउन समेत हारगुहार गर्नु परेको उनले बताइन्। खोप लगाउन नपाएको पत्रकार महासंघ शाखा जुम्लासँग गुनासो गरेपछि महासंघका अध्यक्ष नेत्र शाहीले सहायक प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि कोरोनाको खोप लगाउन पाएकी छिन्।

८३ वर्षीया वृद्धाले अझै पाइनन् नागरिकता

चन्दननाथ नगरपालिका-४ बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छिन्। मुगुको कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीक कान पनि सुन्दिनन्। अपांग भए पनि उनीसँग अपाङ्गता परिचयपत्र पनि छैन।

उग्रेन तेघोलिङ गुम्बाका काङ्सर लामाले गुम्बामा बास दिएर हेरविचार गर्दै आएका छन्। ‘बृद्धाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ। उनका भाइ भए पनि हेरविचार गर्दैनन्। खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन्’ लामाले भने।

फुटीकका दाजुभाईले पनि नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्ता समेत नपाएको लामाको भनाइ छ। अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहत स्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको लामाले बताए।

पातारासी गाउँपालिका-३ का वडाध्यक्ष बिर्खराम बुढाका अनुसार सांगे फुटीक पहिला यही वडामा बस्दै आएकी थिइन्। उनले भने, ‘उहाँको स्थायी ठेगना मुगु हो। उहाँले त्यहाँबाट बसाईसराई गर्नु भएको छैन। बसाईसराई नभएपछि नागरिकता बनाउन समस्या भएको हो।’

पत्रकार महासंघका पदाधिकारीले नागरिकता नहुँदा खोप लगाउनबाट बञ्चित भएको पीडितसहित प्रशासनमा आएपछि खोप लगाएको र नागरिकता पनि बनाउन पहल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

उनले भनिन्, ‘पीडित कमला बुढाको नागरिकता उनका पति टेक बुढाबाटै बनाउने तयारी गरेका छौँ। पतिबाट सम्भाव नभएपछि माइती पक्षबाट पनि नागरिकता बनाउने छौँ।’



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्