विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्वचिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१.स्यान डिएगो जुस्थित एक उल्लू ।२०.ईजराइलको अक्सा मस्जिद परिसरस्थित हिउँले धाकिएको डोम अफ द रक मस्जिद । १९. भेनेज्वाइलास्थित सङ्कलन गरिएको खाली बोटल बोक्दै एक युवा । १८.भारतको एक सहरमा आगो ताप्नाका लागि दाउरा बोक्दै बालिका । १७. काबुलको शाह–दो शम शिरा मस्जिद अगाडि परेवालाई दाना खुवाउँदै बालक । १६.चीनस्थित कोंगटोंग पर्वतको हिउँ परेपछिको दृश्य ।१५.इजिप्टको काइरोस्थितबाट देखिएको सूर्यास्टको दृश्य ।१४.काठमाडौँको महानगपालिका–२२ स्थित ऐतिहासिक सुनधारा ।१३. ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६, तमोर नदीमाथि निर्माण गरिएको बेलिब्रिज ।१२. शुक्लाफाँटा नगरपालिका– ८, नौ खरीका परम्परागत पहिरनमा थारु युवती । ११. राजविराजस्थित सप्तरी उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा शपथग्रहण समारोहमा राष्ट्रिय झन्डा लिएर कार्यक्रममा देखिएको बालबालिका । १०. शुक्लाफाँटा नगरपालिका–१० लालपनियास्थित कञ्चन कृषि वस्तु उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्रमा उत्पादन गरिएको च्याउ । ९.कोरोनाको संक्रमण बढेपछि उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि देखिएको बालकुमारी सडक खण्ड ।
८. उचित संरक्षणको पर्खाइमा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं १० को गौरी ताल ।
७. टुँडिखेलमा राखिएको माटोको डिस्कोमा बसेर चाउचाउ खाँदै एक युवा पछाडि दृश्यमा धरहरा ।
६.शुक्लाफाँटा नगरपालिका–१० लालपनियास्थित कञ्चन कृषि वस्तु उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्रमा उत्पादन गरिएको स्ट्रबेरी खेती ।
५. जयन्त स्विङपिङमा रम्दै महिला ।
४.हिमपातले उडान भर्न नसकेका सीता एयरका दुई वटा जहाज ।
३. विराटनगर–१८ को बुधनगर भेडियारीस्थित ‘विराट राजाको दरबार’ संरक्षक कमल किशोर यादवले विगतमा उत्खनन गर्दा फेला पारेको बहुमूल्य सिक्काहरू
२. हाई ग्राउन्ड एड्भेन्चर्सले सन् २०१२ देखि पोखराको सराङकोटदेखि हेम्जासम्म सञ्चालनमा ल्याएको ‘वल्ड क्लास जिपलाइन’ मा सुमरम्यान जिपलाइनको मज्जा लिँदै साहसिक खेलप्रेमी युवती ।
आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले
एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो । यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ। गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ। गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ। नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।