English

भेडापालक किसानले किन मागे भत्ता ?



जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम ल्याएपछि आफ्नो भत्ता दाबी गर्न २ सय ६५ किसानले निवेदन दिएका हुन् ।

निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन् ? कृषक हो की होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएको पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका योजना प्रमुख धनबहादुर महतले बताए । उनले भने, ‘स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र स्वीकृत दिने र कार्यक्रम सञ्चालन गरिने छ ।’ महतले आगामी महिनादेखि कार्यक्रम सुरु हुन सक्ने बताए ।

‘जुम्लाका १ सय ५० जना भेडा पालकलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि छ । कार्यविधिअनुसार ५० देखि एक सय भेडा पाल्ने किसानलाई मासिक १ हजार पाँच सयका दरले गोठालो भत्ता दिइने छ । ’

भेडा पालक किसानलाई प्रोत्साहन गर्नका लागि‘ गोठालो भत्ता दिने कार्यक्रम लागू गरिएको पशुअस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिने व्यवस्था गरिएको बताए ।

उनले भने ‘जुम्लाका १ सय ५० जना भेडा पालकलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि छ । कार्यविधिअनुसार ५० देखि एक सय भेडा पाल्ने किसानलाई मासिक १ हजार पाँच सयका दरले गोठालो भत्ता दिइने छ । ’

रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिने योजना शाखाका प्रमुख महतले बताए । उनले भने, ‘कर्णाली प्रदेश सरकारले किसानलाई भेडा पालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराइएको हो । कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ ।’ पशुअस्पताल तथा पशुसेवा कार्यालयमा २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् ।

‘जुम्ला जिल्लामा भेडा पालक किसान धेरै छन् । कर्मचारी स्थलगत रूपमा फिल्डमा गएका छन् । उनीहरूको रिपोर्ट र मुल्यांकनको आधारमा गोठालो भत्ता दिइने छ । ’

जुम्लाका १ सय ५० जना भेडा पालक किसानलाई गोठालो भत्ता दिने रकम आएको उनले बताए । उनले भने, ‘जुम्ला जिल्लामा भेडा पालक किसान धेरै छन् । कर्मचारी स्थलगत रूपमा फिल्डमा गएका छन् । उनीहरूको रिपोर्ट र मुल्यांकनको आधारमा गोठालो भत्ता दिइने छ । ’

कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०