‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’
कालीकोटको मान्मास्थित पञ्चदेव माध्यमिक विद्यालयबाट २०५६ मा एसएलसी दिएँ । दोस्रो श्रेणीमा उत्तीर्ण भएँ । त्यो समयमा तुरुन्तै नतिजा हेर्न मिल्ने थिएन । पीसीओको फोनबाट थाहा पाइन्थ्यो । बत्ती नभएकाले सोलारले चार्ज गरेर मात्रै फोन प्रयोग हुन्थ्यो । परीक्षा दिएकाहरू आ–आफ्नो नाम नम्बर टिपाउँथे ।
पीसीओ सञ्चालकले दूरसञ्चार कार्यालयमा फोन गर्थे । उताबाट गोरखापत्र हेरेर नतिजा भनिदिन्थे । नतिजा सुन्नका लागि नाम र नम्बर टिपाएर त्यही पीसीओको वरिपरि नै छटपटिएर बसेको म नतिजा थाहा पाएपछि बल्ल राति घर गएको थिएँ ।
रेडियोमा कविता कसले वाचन गर्छ ? भनेर खोज्दै जाँदा पत्रकारले भन्ने जानकारी पाएँ । एसएलसीपछि पत्रकारिता पढ्ने इच्छा भयोे । पत्रकारिता कहाँ पढाइ हुन्छ खोजीनीति गरेँ ।
स्कुल पढ्दादेखि नै साहित्यमा रुचि थियो । स्कुलका विभिन्न कार्यक्रमहरूमा कविता वाचन गर्थें । रेडियोमा कविता वाचन कार्यक्रम आउँथ्यो । मैले पनि धेरैपटक कविता रचेर राजधानीमा पठाएँ, तर वाचन भएन । त्यसपछि, रेडियोमा कविता कसले वाचन गर्छ ? भनेर खोज्दै जाँदा पत्रकारले भन्ने जानकारी पाएँ । एसएलसीपछि पत्रकारिता पढ्ने इच्छा भयोे । पत्रकारिता कहाँ पढाइ हुन्छ खोजीनीति गरेँ । घरमा बुवालाई सुनाएँ, तर आर्थिक समस्याका कारणले उहाँले मान्नुभएन ।
केही समयपछि एसएलसीको मार्कसिट आयो । त्यसमा मेरो थरको स्पेलिङ गल्ती थियो । सच्याउनका लागि तत्कालीन उच्च शिक्षा परिषद् भक्तपुर पुगेँ । त्यही बेला पत्रकारिताको कलेज खोज्दा रत्नराज्यलक्ष्मी कलेजमा रहेको थाहा पाई त्यहीँ भर्ना भएँ ।
घरमा जानकारी नै नदिई ७–८ सय रुपियाँको भर्ना भएर घर फर्किएको थिएँ । उक्त कुरामा बुबालाई पहिले मनाउन धौधौ नै भयो । तर, जिद्दी नै गरेपछि बल्ल काठमाडौं पठाउन मान्नुभयो ।
मेरो उद्देश्य पत्रकार बन्नु थियो । कलेजमा आन्दोलन र तोडफोड दैनिक नै हुन्थ्यो । तर, साहित्यमा रुचि भएकाले नियमित कक्षापछि पिपलबोटमा लेखकहरूको भेला हुन्थ्यो त्यहाँ जान्थेँ । राजनीतिले खासै छुन सकेन ।
मेरो उद्देश्य पत्रकार बन्नु थियो । कलेजमा आन्दोलन र तोडफोड दैनिक नै हुन्थ्यो । तर, साहित्यमा रुचि भएकाले नियमित कक्षापछि पिपलबोटमा लेखकहरूको भेला हुन्थ्यो त्यहाँ जान्थेँ । राजनीतिले खासै छुन सकेन । कलेजका विद्यार्थी नेता भने सबै चिन्थेँ ।
कलेजका उत्कृष्ट विद्यार्थीको प्रोफाइल छापिने ‘विचार पत्रिका’ प्रकाशित हुन्थ्यो । मैले त्यसमा कविता रचना गरी छाप्न थालेको थिएँ ।
पढाइमा उत्कृष्ट नभए पनि क्याम्पसमा कवि भनेर चिनिएको थिएँ । एकपटक ‘विचार पत्रिका’मा प्रतिभाशाली विद्यार्थी भनेर मेरो प्रोफाइल छापियो । त्यहीँबाट धेरैले चिने । यसले गर्दा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने अवसर पनि पाएँ ।
स्नातक तह यही कलेजमा भर्ना भएँ । तर, लेखन र पत्रकारितातिर भिजिसकेकाले कक्षाकोठामा नियमित हुन सकिनँ । नेपाली र पत्रकारिता मुख्य विषय रहेकाले प्राक्टिकल सजिलै हुन्थ्यो ।
कलेजमा लजालु थिएँ, त्यसैले, खासै साथीहरू बनेनन् । मिडियाप्रति लगाब भएकाले प्रायः यतैतिरका साथीहरू धेरै छन् ।
कलेजमा लजालु थिएँ, त्यसैले, खासै साथीहरू बनेनन् । मिडियाप्रति लगाब भएकाले प्रायः यतैतिरका साथीहरू धेरै छन् ।
कक्षा ११ र १२ पढ्दा घरको आर्थिक सहयोग रह्यो । तर, स्नातक पढ्दा पत्रिकामा फिचर लेख्थेँ । त्यहाँबाट एउटा फिचरबापत ९ सयदेखि १२ सय रुपियाँ कमाइ हुन्थ्यो । त्यहीँबाट नै गुजारा गर्थें । यसैगरी, नयाँ पत्रिका, नागरिक दैनिकमा पनि काम गरेँ । पत्रकारिता सँगसँगै लेखनलाई पनि निरन्तरता दिँदै गएँ ।
यो पनि…
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’