English

वैज्ञानिकले बनाए कोरोना परीक्षण यन्त्र



बेलायतका वैज्ञानिकहरूले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन्। यो मोबाइल किटले सार्स कोभ-२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ। वैज्ञानिकहरूले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन्।

सस्तो र सानोसमेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने विश्वास गरिएको छ। संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ। यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उनीहरूको भनाइ छ।

लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भने, ‘हामी यो मोबाइल ल्याबको कोभिड-१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौं।’

स्टोयनका अनुसार, मानिसहरुले यो किटको मद्दतबाट नियमित रुपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन्। तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उनको भनाइ छ। ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने स्टोयनको विश्वास छ।



सम्बन्धित खबरहरु

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा