English

आज तपाईंको राशिफल यस्तो छ, यी काम गर्दै नगरौं



१५ माघ, २०७८ शनिबार। तद्नुसार जनवरी २९ तारिक २०२२। माघकृष्णपक्ष द्वादशी, (शनिप्रदोषव्रत) परेको छ। मुल नक्षत्र,व्याघात योग, चन्द्रमा धनु राशिमा छ। आज बिहान सूर्योदय ६ः५४ मा भयो भने सूर्यास्त १७ः४१ मा हुनेछ। आज बिहान ९ः३५ देखि १०ः५६ सम्म राहुकाल छ। ११ः५६ देखि १२ः३९ सम्मको समय अभिजित मुहूर्त रहेको छ। राहुकाल भएको समयमा शुभकार्य नगर्नुहोला। आजको देवता वायु र ग्रहदेव शुक्र छ। शनिबारका दिन विशेषगरी पिपलको वृक्षमा जल अभिषेक गर्ने प्रचलन रहेको छ। शनिवारको दिन छुट्टी भएकाले पनि घरगृहस्थका कार्य गर्दा शुभ मानिन्छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  व्यापारव्यवसायबाट अर्थ लाभ नहुनसक्छ। परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ। परिवारको साथ सहयोगले तपाईंको कार्य योजना सफल हुनेछ।  छोटो दुरीको यात्राको अवसर प्राप्त हुनेछ। यात्राबाट आज तपाईंलाई फाइदा हुनसक्छ। शुभसमयमा  यात्रा शुरु गर्नुहोला। 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नहुनसक्छ। तपाईंको सकारात्मक हुन जरुरी छ। आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ। आजको दिन बिहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य सुरु गर्दा तपाईंलाई राम्रो हुनेछ। 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन्। समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ। मिथुन राशिमा जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला। परिवार र आफन्तजनसँग विवाद हुनसक्छ। आर्थिक हानी हुने काम नगर्नुहोला।      

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ। कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला। आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ। यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ। त्यसैले आजको शनिबार आफ्नो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ। 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ। आजको दिन नयाँ काम सुरु गर्दा सफल हुनेछ। मित्र र आफन्तजनसँगको भेटबाट तपाईंलाई आर्थिक लाभ समेत हुनसक्नेछ। तपाईंलाई मानसम्मान मिल्नेछ। घर गृहस्थको काममा ध्यान दिनुहोला।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ। अध्ययन ध्यापनबाट सफलता प्राप्त हुनेछ। कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ। साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला। शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ। कुमारी कन्याको दर्शन गर्नुहोला।    

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन हुने तपाईंको यात्रा  कार्यमूलक हुनेछ। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला। कलाकारितामा र रचनात्मक काममा मन जानेछ। परिवारमा वा स्त्रीजातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला। आजको दिन घरभित्र बसेर गृहस्थ कार्य गर्नु बेस हुनेछ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ। यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला। आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला। तपाईंलाई विवादबाट हानी मात्र हुनेछ। आर्थिक हानी हुने संभावना छ। त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला। लाभ भन्दा बढी हानी हुनेछ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  आजको दिन आकस्मिक धनलाभ हुनेछ। सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ। त्यसैले आजको दिन मानसम्मान समेत मिल्नेछ। सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला। चन्द्रमाको साथ रहेको छ। विहानको सूर्योदयको दर्शन गरी आज तपाईले गर्नु खोज्नुभएको काम सफलता मिल्नेछ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सरस्वतीको आरधनाले  तपाईंकाे मनमा प्रसन्नता छाउनेछ। विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ। दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला। सकारात्मक सोच राखेर काम गर्नुहोला। अनावश्यक आरोप पनि लाग्न सक्छ। त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईंलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ। आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ। परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ। कुमारी कन्यालाई भोजन गराउनु होला। आफन्तको साथ सहयोग पाउनुहुनेछ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्यात्मिक कार्यमा समय खर्च हुनेछ। आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ। रचनात्मक काममा समय खर्चनु भएमा तपाईंको कार्यसिद्ध हुनेछ। परिवारमा खुसियाली छाउने छ। मानसम्मान मिल्नेछ। आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला। गृहस्थ कर्ममा ध्यान दिनु र गुरुजनको साथमा अध्ययन अध्यापनको चर्चा गनुैहोला।



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता