English

जोर–बिजोर हटाउन र परीक्षा सञ्चालन गर्न सिफारिस



कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले मन्त्रीपरिषद्लाई जोर बिजोर प्रणाली हटाउने बारे निर्णय गर्न सिफारिस गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले मेरोलाइफस्टाइललाई जानकारी दिइन् ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सहितको संक्रमण तीव्र गतिमा बढेसँगै यसअघि काठमाडौं उपत्यका(काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीको ६ माघको बैठकले जोरबिजोर प्रणाली लागू गर्ने आदेश दिएको थियो । यद्यपि, यो प्रणालीले सवारीसाधनमा अत्याधिक चाप बढेर संक्रमण नियन्त्रण भन्दा फैलाउन बढी मद्धत गरेकाले हटाउन सिफारिस गरिएको नेपालले जानकारी दिइन् ।

यसैगरी, सीसीएमसीको आजको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ । साथै, त्रिवि लगायतका विभिन्न विश्वविद्यालयले स्थगित गरेको परीक्षालाई सूचारु गर्न गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको नेपालले बताइन् ।

‘सिनेमा हल, डान्स बार, स्विमिङ पुल लगायतलाई केन्द्रित गरि गरिएको यसअघिको निर्णयलाई माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरेका छौं,’ उनले भनिन् ।

त्यस्तै, खोप अभियानलाई प्रभावकारी बनाउन खोपको सुनिश्चिततालाई व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरिएको छ ।

यो पनि
जनगणना २०७८ : कति पुग्यो नेपालको जनसंख्या ?
जनगणना २०७८ : नेपालमा पुरुषभन्दा महिला बढी, शहरमा बस्ने ह्वात्तै बढे



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।