English

यी अभिनेत्री जसले लगाउँछन् हजारौं मूल्यका बिकिनी, कसको कति ?



बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैं भइरहन्छ ।

केही दिनअघि एक विज्ञापनको सुटिङका लागि अभिनेत्री कैटरिना कैफ मालदिभ्समा थिइन् । त्यहाँ उनले आफ्नो स्टाइलिस बिकिनीमा विभिन्न तस्बिर खिचाइन् । कैटरिनाको नियोन मल्टी कलर बिकिनीको मूल्य १० हजार नौ सय भारु हो ।

कम उमेरमै दर्शकको मनमा बस्न सफल अभिनेत्री जाह्नवी कपूरले हालैमात्र बिकिनी तस्बिर पोस्ट गरेकी थिइन् । स्विमिङ पुलमा जुन बिकिनी लगाएर फोटोसुट गराएकी थिइन्, त्यो बिकिनीको मूल्य १७ हजार चार सय ९० भारु पर्छ ।

हालका दिनमा अभिनेत्री अनन्या पाण्डे आफ्नो नयाँ फिल्म ‘गहारइयाँ’को प्रमोसनमा व्यस्त छिन् । अनन्याले पनि धेरैपटक बिकिनीमा फोटोसुट गराइसकेकी छन् । उनको थ्री पिस बिकिनीको मूल्य १६ हजार दुई सय ४० रुपैंयाँ पर्छ ।

अभिनेत्री करीना कपूर जहिल्यै आफ्नो फेसन सेन्सबाट दर्शकलाई प्रभावित बनाइरहेकी हुन्छिन् । केही समयअघि उनले लगाएको जियोमेट्रिक प्रिन्ट स्विमसुटको चर्चा निकै भएको थियो । यसको मूल्य दुई हजार ५ सय ९० रुपैंयाँ पर्छ ।

हालैमात्र आमा बनेकी अभिनेत्री प्रियंका चोपडा पनि समय–समयमा बिकिनीको ग्ल्यामर तस्बिर पोस्ट गरिरहन्छिन् । उनले लगाउने गरेको रेड स्विमसुटको मूल्य २८ हजार दुई सय रुपैंयाँ हो ।

अभिनेत्री सारा अलि खान पनि स्विमवेयरलाई निकै देखिने गर्दछिन् । ओरेन्ज र पिंक रंगको स्विमवेयरमा सारा निकै सुन्दर देखिन्छिन् । यो स्विमवेयरको मूल्य १० हजार चार सय रुपैंयाँ हो ।

अभिनेत्री दिशा पटानी प्रायः छुट्टीमा गइरहन्छिन्, जहाँबाट उनले आफ्नो बिकिनी तस्बिर सार्वजनिक गर्छिन् । कसैले दिशाको ओरेन्ज शेड बिकिनी सम्झिएको छ भने त्यसको मूल्य १२ हजार आठ सय रुपैंयाँ पर्दछ ।

यो पनि…
११ वर्षपछि सुनील सेट्टी र सञ्जय दत्त सँगै
ब्राबारे बोल्दा विवादमा श्वेता तिवारी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।