यस कारण टाटालाई बेच्नुपर्यो इन्डियन एयरलाइन्स
भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा ग्रुपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन ।
एयर इन्डियाका जहाज पुराना भएका छन् भने कर्मचारीको कार्यशैली सरकारी तवरको रहेको छ । एयर इन्डिया अहिले पनि भारतको सबैभन्दा ठूलो विमान कम्पनी हो, तर अन्य मुलुकका एयरलाइन्सको बजार हिस्सा अधिक छ ।
कोरोना महामारीअघि विदेशी कम्पनीले बढी यात्रु बोक्ने गरेका थिए । यही कारण पनि एयर इन्डियालाई पुरानो चमक फिर्ता ल्याउन सहज नहुने एभियसन दिग्गजहरू बताउँछन् । तर, पनि टाटा ग्रुप एक सफल कम्पनी भएकाले एयर इन्डियाको पुरानो साख फर्काउन सक्ने कतिपयको भनाइ छ ।
विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ ।
पछिल्लो समय भारतबाट अमेरिकालगायतका देशमा सीधा उडानको माग निकै बढेको छ । एयर इन्डियाले त्यस्तो उडान गरेर मात्र पुग्दैन, यात्रुको मागअनुसार सेवा प्रदान गर्न सक्नुपर्छ । विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ ।
एक अध्ययनले अहिले अन्तर्राष्ट्रिय विमानमा ५३ प्रतिशत युवा यात्रु हुने गर्छन् र यो संख्या आगामी पाँच वर्षमा ६० प्रतिशत नाघ्नेछ । तर, एयर इन्डियामा अहिले उपलब्ध सेवा युवा जरुरतलाई पूरा गर्न सक्नेखालको छैन । एयर इन्डियाले युवा यात्रुलाई आकर्षित गर्न मोडर्न, टेक्नोलोजी ड्रिभन, इनोभेटिभ र पर्यावरणप्रति सचेत एयरलाइन्स बन्न सक्नुपर्छ । पुरानो कार्यशैलीबाट एयर इन्डिया पूर्ण रुपमा बाहिर निस्कन सक्नुपर्छ ।
एयरलाइन्सलाई पुरानो शैलीबाट पूर्णतः मुक्त गराउन सक्षम कार्यकारी प्रमुख आवश्यक पर्ने टाटाले बताएको छ । अहिले टाटासँग त्यस्तो अनुहार उपलब्ध छैन । त्यसकारण पनि कम्पनीले बाहिरबाट कार्यकारी प्रमुख ल्याउनुपर्ने कतिपयको भनाइ छ ।
१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायापलट गरिदिएका थिए ।
१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायापलट गरिदिएका थिए ।
१८ हजार करोड भारुमा रतन टाटाले एयर इन्डिया किनेका हुन् । एयर इन्डिया आजभन्दा ६८ वर्षअघि पनि टाटा ग्रुपकै अधिनमा थियो । त्यसबखत एयर इन्डिया टाटा एयरलाइन्स नामबाट सञ्चालित थियो ।
उक्त एयरलाइन्सले पहिलो पटक १५ अक्टोबर १९३२ मा उडान भरेको थियो । अहिले एयर इन्डियामा १२०८५ जना कर्मचारी छन् । २३ हजार करोड रुपैयाँ यसको ऋण छ ।
यो पनि…
नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स
देशको सपना हुँदैछ साकार