English

दुई वर्षदेखि मुगुको खाद्य संस्थान रित्तै, उपभोक्ता मर्कामा



मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ ।  नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ  ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपुर्‍याउँदा रित्तो अवस्थामा रहेको हो ।

कम्पनीले समयमै खाद्यान्न नपर्‍याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको सिद्धार्थ कन्स्ट्रक्सनलाई पटक-पटक चिठी काट्दासमेत अटेर गरेको शाखाका प्रमुख पुष्कर भामले बताए । उनले भने विगत वर्षमा यस्तो अवस्था आएको थिएन ।

ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए । 

अहिले दुई  वर्षसम्म खाद्यान्न नपुर्‍याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन ।  गत वर्षको असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७/७८ मसान्तसम्म सम्झौताबमोजिम ठेकेदारले ७ सय ५० क्विन्टल चामल बिक्री केन्द्रमा पुर्याउनुपर्ने हो । तर, दुई वर्षसम्म नपुर्‍याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । 

गाउँपालिकासँग समन्वय गरी चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए । 

गाउँपालिकासँग समन्वय गरी चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए । 

सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्‍याउन नसकिएको बताउँछन् ।  कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्‍याउने जिम्मा लिँदै आएको छ ।

सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्‍याउन नसकिएको बताउँछन् ।  कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्‍याउने जिम्मा लिँदै आएको छ ।


खत्याड गाउँपालिकामा रहेको रातापानी बिक्री केन्द्रमा दुई वर्षसम्म नपुग्नुको कारण त्यहाँको स्थानीय सरकार खत्याडले अनुमति नदिनु नै हो । चामल पुर्याइहाले पनि मुचुल्का नगरिदिँदा समस्या हुने गरेको र कच्ची सडकका कारण पुर्याउन नसकिएको बताइएको छ । 

डिपोमा कर्मचारी राख्न माग

डिपो केन्द्रमा कर्मचारी पर्याप्त नहुँदा समस्या भएको दाबी गरे । कर्मचारी नहुँदा एक्लै आफूले ढुवानी गर्न, बिक्री वितरण गर्न सास्ती हुन्छ । चामल पुर्‍याएपछि त्यहाँका स्थानीयले समन्वय गर्दैनन् । त्यसैले समस्या देखिएको हो उनको भनाइ छ । 

मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ । 

ठेकेदारले खाद्यको चामल नपुर्‍याएपछि अहिले उक्त बिक्री केन्द्र वरपरका स्थानीयले बजारको महँगो चामल किनेर उपभोग गर्न बाध्य छन् । सोरु गाउँपालिकामा रहेको सोरुकोट डिपो केन्द्रमा १८० क्विन्टल, कालै डिपो केन्द्रमा रित्तै भएका छन् । 

मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ । 

सरकारी स्वामित्वको खाद्य संस्थानको चामल अनुदानको कोटामा दिइए पनि खत्याडबासीले यो सुविधा उपभोग गर्न पाएका छैनन् । बिक्री केन्द्रमा चामल सकिएपछि शाखा कार्यालयमा प्रत्येक दिन ५० देखि ८० सम्म सेवाग्राही आउन थालेको र बजारको महँगो चामल उपभोग गर्न बाध्य भएका छन् । 

हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । 

हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । 

खाद्य शाखामा दुई सय क्विन्टल मात्र चामल मौज्दात

गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल दुई सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । 

मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका शाखा प्रमुख पुस्कर भामले बताए । 

सदरमुकाम गमगढीबाट जिरा मसिनो र बास्मती गरी हाल दुई प्रकारका चामल मात्रै बिक्री भइरहेका छन् । कार्यालयका अनुसार दुई सय किलो दाल मात्रै गोदाममा मौज्दात छ । दुई सय  क्विन्टल चामल बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ । 

जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा अघिदेखि रित्तिसकेका छन् । जिल्लामा खाद्यान्न अभाव हुने सिर्जना भएकाले शाखा कार्यालय मुगुबाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगञ्ज, राजापुर, प्रधान कार्यालय काठमाडाैं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशिघ्र चामल ढुवानी गर्न पटक-पटक पत्र काट्दासमेत कुनै सुनुवाई नगरेको शाखा प्रमुख भामको भनाइ छ ।

मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए । 

मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए । 

हाल सोरुकोट डिपो केन्द्रमा १ सय ८०  क्विन्टल चामल रहेको र त्यो चामल  पनि केही दिनसम्म मात्र हुने र अन्य श्रीकोट, पुलु, डिपो केन्द्र र बिक्री केन्द्रहरू रित्तै भएको भामको भनाइ छ । 

यो पनि…
शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त
सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको आदेश


 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।