English

आज षट्तिला एकादशी व्रत, आज यसो गरे शुभै शुभ



माघ महिनाको कृष्णपक्षमा पर्ने एकादशीलाई षट्तिला एकादशीव्रतका रुपमा शास्त्रमा व्याख्या गरिएको छ । कृष्णपक्ष र तिल दुवै पितृकार्यका लागि विशेष महत्व रहनेभएकाले पनि षट्तिला एकादशीलाई विशेष धार्मिक महत्वका साथ पूजा गर्ने दिनका रुपमा व्याख्या गरिएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले बताए ।

उनका अनुसार पद्म पुराणमा व्याख्या भएअनुसार अहिले माघ स्नानको समय चलिरहेकाले आजका दिन व्रत बसेर, सखर तथा तिल मिसाएको जलले स्नान गरेमा सम्पूर्ण रोगहरू निको हुने व्याख्या गरिएको छ ।

पवित्र स्थानमा विशेषगरी तिल मिसाएको जलद्वारा आफ्ना पितृहरूलाई तर्पण गरी पूजा गरेमा घरमा भएका अनेकौं पितृ दोष पनि निवारण हुने विशेष व्याख्या गरिएको छ । एकादशीमा प्रमुख देवताका रुपमा भगवान विष्णुको विशेष रुपमा पूजा तथा आरधना गर्ने नियम शास्त्रमा व्याख्या गरिएको छ ।

षट्तिला एकादिशी नाम भएकाले पनि प्रसाद, भोजन, दान, तर्पण आदिमा तिलको महत्व विशेष रहेको छ । षट्तिला एकादशी भएकाले विशेष ६ स्थानमा तिलको प्रयोगगर्नुपर्ने नियम रहेको ज्योतिष रिजालले बताए ।

१ आजको दिन तिल मिश्रित जलद्वारा स्नानगरेमा सम्पूर्ण दोष नाशहुने शास्त्रीय नियम रहेको छ ।

२ तिलको तेलमा बत्ति बालेर भगवान् विष्णुको आरती गरेमा लक्ष्मीजीको कृपा सधैंभरि रहिरहने उल्लेख गरिएको छ ।

३ घरमा हुने नकारात्मक उर्जालाई सकारात्मक ऊर्जामा परिवर्तन गर्न तिलको हवन गर्नुपर्ने नियम रहेको छ ।

४ तिल मिसाएको जल सेवन गरेमा हरेक प्रकारका रोगहरू निको हुने आयुर्वेदिक ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ ।

५ शनिग्रहको नकारात्मक प्रभावबाट बच्न तथा मारकेश दशाबाट हुने अकाल मृत्युुहुनबाट जोगिन कालो तिल दानगरेमा सम्पूर्ण दोषहरू कट्ने छन् ।

६ तिलबाट बनाइएका बिशेश परिकार सेवन गरेमा शरिरमा पञ्चतत्व सन्तुलनमा रहिरहने उल्लेख गरिएको छ । पञ्चत्त्वको सन्तुलन सहितकाबाट बनिरहेमा कुनै पनि प्रकारका समस्या हरू शरीरमा देखा पर्दैनन् ।

यो पनि
मंगलबार गणेश भगवानको पूजा यसरी गर्नुहोस्
आज कुन राशिलाई कति शुभ ?



सम्बन्धित खबरहरु

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो