English

यी हुन् नियमित बदाम खानुका ६ अचुक फाइदा



बदामलाई ड्राई फ्रुट्सको राजा भनिन्छ । बदाममा यस्ता धेरै पौष्टिक तत्व पाइन्छ, जसले शरीरलाई आवश्यक पोषण प्रदान गर्नुको साथै छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । यसले धेरै शारीरिक समस्याहरूबाट पनि राहत दिन्छ । तर, यसको फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ । यस्ता छन्, बदाम खानुको ६ फाइदाहरू :

कोलेस्ट्रोल कम गर्न

बदामले कोलेस्ट्रोलको स्तर घटाउँछ र रगतमा हुने हानिकारक कोलेस्ट्रोललाई कम गर्छ । बदाममा पाइने एन्टिअक्सिडेन्टले लिपिडको अक्सिडेसन कम गर्छ । विशेषगरी, बदाममा म्याग्नेसियम तत्त्व बढी मात्रामा पाइन्छ । जसले रक्तचापलाई कम गर्छ । त्यसैले, दैनिक २३ देखि २५ बदामको सेवन गर्नु उपयुक्त हुन्छ ।

स्मरण शक्ति बढाउन

बदाम भिटामिन ‘ई’ ले भरिपूर्ण हुन्छ । जसले बिर्सने बानीलाई कम गरेर स्मरण शक्तिलाई बढाउन सहयोग पर्छ । २–३ वटा बदाम रातभर भिजाएर भोलिपल्ट बिहान दूधसँग खाँदा मस्तिष्कलाई पनि स्वस्थ राख्छ ।

शारीरिक विकास र सहनशीलता सुधार गर्न

बच्चाहरूको दिमागलाई तेजिलो बनाउन तथा उनीहरूको सहनशक्ति बढाउनको लागि बदाम उपयुक्त औषधि हो । एक कप बदामको पाउडर गुड़ र दूधसँग मिसाएर राम्रोसँग पकाई बच्चाहरूलाई दैनिक खान दिएमा उनीहरूको मस्तिष्क वृद्धि र सहनशक्ति बढ्छ । तर, एक दिनमा २५ ग्रामभन्दा कम खान दिनुपर्छ ।

मुलायम र लामो कपालका लागि

हप्तामा एकपटक बदामको तेल कपालमा लगाएर मालिस गर्नाले कपाल मुलायम र लामो हुँदै जान्छ । यसले कपाल झर्नबाट पनि रोक्छ ।

डार्क सर्कल कम गर्न

आँखामुनिको कालो घेरामा बदामको तेल नियमित एक महिना लगाउँदा डार्क सर्कल कम हुँदै जान्छ ।

चम्किलो छालाको लागि

बदामको पाउडरलाई दूधसँग मिसाएर स्क्रब गर्नाले छालाबाट मृत कोशिकाहरू हटेर जान्छ । चम्किलो र स्वस्थ्य छाला पाउनको लागि अनुहारको छाला र शरीर दुवैमा यसको प्रयोग गर्न सकिन्छ ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हर्टअट्याक’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।