English

देशको सपना हुँदैछ साकार



रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानस्थलमा बाँकी रहेको मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आइपुगेका छन् । 

बुधबार सडक मार्ग हुँदै काठमाडाैंबाट भैरहवा आएका प्राविधिकहरूले काम शुरू गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कनेछन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आईसीबी १ र आईसीबी २ को काम सम्पन्न गरेकोे छ । 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा शिलान्यास गरेको राष्ट्रिय गौरवको आयोजना अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेसन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ । 

टोलीले नै प्राविधिक काम एक महिनामा सक्नेगरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । 

टोलीले नै प्राविधिक काम एक महिनामा सक्नेगरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । 

एरो थाई कम्पनीका प्राविधिकहरू आइपुगेपछि अहिले अष्ट्रियाका प्राविधिकहरूले नागरिक उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य पाँच जना विदेशी दक्ष कामदारले क्यालिब्रेसनको पूर्वतयारीसम्बन्धी काम गरिरहेका छन् । ‘सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेसन गरेर परीक्षण उडान गर्नेमा छ,’ आयोजना प्रमुख अधिकारीले भने । 

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदान-प्रदानका लागि चहिने सबै दक्ष प्राविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेसन फ्लाइटको मिति तय हुन्छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो । 

विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रुपमा पठाएको छ । २ माघबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ । 

विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रुपमा पठाएको छ ।

महाप्रबन्धक दाहालले वमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए । निर्माणाधीन विमानस्थल सञ्चालनका लागि प्रशासकीय तर्फ १५१ जना र सेवा प्रदायक तर्फ १०३ जना जनशक्ति आवश्यक हुन्छ । 

‘हाल प्रशासकीयतर्फ ३४ जना छौँ तत्काल नै सञ्चालनमा आएर चाप बढ्दै गयो भने जनशक्ति पनि विस्तारै बढाउँदै जानुपर्छ । मेट्रोलोजीतर्फ १५–१६ जना कर्मचारी आएर काम गरिरहेका छन्, सुरक्षातर्फ पनि करिब ३०० जना आवश्यक हुन्छ ।

त्यस्तै भन्सार, अध्यागमन, क्वारेन्टाइन, टेलिकम, राजश्व लगायतका लागि पनि ठाउँ छुट्याइएको छ । जनशक्ति व्यवस्थापनसँगै पूर्वाधार र फर्निसिङको काम भइरहेको छ,’ महाप्रबन्धक दाहालले भने । 

फोटो : राजकुमार श्रेष्ठ/ मेरोलाइफस्टाइल

यो पनि
नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested