English

तातो पानीले बनाउँछ छाला र कपाललाई सुन्दर



जाडो शुरु भएपछि शरीरलाई न्यानो र मनतातो पानी पिउन विज्ञहरू सल्लाह दिन्छन् । यसले शरीरभित्र न्यानोपन दिन्छ र रुघाखोकी लाग्दा आराम मिल्छ ।

आयुर्वेदिक चिकित्साको अनुसार दैनिक तातो पानी पिउनाले कब्जियतको समस्याबाट छुटकारा मिल्छ । यति मात्र होइन, तातोपानीले कपाल र छालालाई पनि राम्रो बनाउन सकिन्छ ।

कपालको वृद्धि गराउँछ

मनतातो पानीले शरीरलाई संक्रमणमुक्त गराउँछ । साथै, टाउकोको छालामा भएका एक्सिस आयल र दूषित पदार्थहरूलाई हटाउन तातो पानीले सहयोग गर्छ । तातो पानीले कपालमा रहेका चायाँलाई हटाइदिनुका साथै कपालको वृद्धिमा समेत मद्दत गर्छ ।

छाला चाउरिनबाट बचाउँछ

तातो पानीले छालाको रक्तसञ्चारमा सुधार ल्याउँछ । यसले छालाको लचकता, रंगलाई सुधार गर्छ र सुक्खापनलाई टाढा राख्छ । यसले कोशिकाहरूको क्षतिलाई कम गरी छालालाई स्वस्थ र टाइट लुक दिन्छ । जसले जवान देखिन मद्दत गर्छ ।

शरीरलाई किटाणुरहित बनाउँछ

तातो पानी पिउनाले तथा नुहाउनाले शरीरमा रहेका किटाणु विस्तारै नष्ट गराई छालाको चायापोतो तथा डण्डिफोर हटाउँछ । यसले नकारात्मक तत्वहरू र विषाक्त पदार्थलाई बाहिर निकाल्छ । साथै, छालामा निखार ल्याइ चम्किलो बनाउँछ ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्