English

झापाको जनसङ्ख्या : सबैभन्दा बढी मेचीनगरमा



राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको नगरपालिकामा मेचीनगर अग्रस्थानमा छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५ सय २० भएको छ ।

त्यसैगरी, बिर्तामोडको जनसङ्ख्या दाेस्रोमा बढी रहेकाे छ । विर्तामोडको एक लाख १७ हजार ३ सय ५५ छ । दमकको जनसंख्या एक लाख सात हजार ४१० रहेको छ । झापाको सबैभन्दा सानो पालिका हल्दिबारी हो, जहाँको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ ।

बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९), बाह्रदशी (३७,९१६), भद्रपुर (७०,८२३), बुद्धशान्ति (५२,९११), गौरादह (६०,५९८), गौरीगञ्ज (३६,०५८), हल्दिबारी (३३,०५४), झापा (३९,३७२), केचनाकबल (३९,३७२), कमला (५३,७१०), कनकाई (५३,०८८) र शिवसताक्षी (७३,४६०) रहेको छ ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५ सय ९४ र पुरुष चार लाख ७७ हजार ४ सय ९६ रहेको छ ।

यो पनि
जनगणना २०७८ : कति पुग्यो नेपालको जनसंख्या ?
जनगणना २०७८ : नेपालमा पुरुषभन्दा महिला बढी, शहरमा बस्ने ह्वात्तै बढे



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार