विश्व स्वास्थ संगठनले तोकेको मापदण्डमा भन्दा अत्याधिक बढी प्रदूषण
घातक धुवाँले उपत्यका दिउँसै अन्धकार (फोटो फिचर)
धुवाँ धुलोको कारण अहिले काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित सहर बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क एक्यूआई ३०० भन्दा बढी हुनुलाई घातक मानिन्छ । तर उपत्यकाको वायु प्रदूषण एक्युआई ४७० रेकर्ड भएको छ ।
शुक्रवार मध्यान्हपछि उपत्यकाको वायुमण्डल एकाएक धमिलो हुन थालेको थियो । यो क्रम शनिवार पनि रोकिएको छैन । स्वास्थ्यकर्मी र सरकारले अहिले नागरिकहरूलाई बाहिर विना काम ननिस्कन आग्रह गरिरहेका छन् । उनीहरूले अहिलेको प्रदूषणले स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याहरू निम्त्याउने भन्दै चेतावनी दिई रहेका छन् । काठमाडौँ वरिपरिका विभिन्न भागमा डढेलो लागेको कारणले पनि उपत्यकामा प्रदूषण बढेको अनुमान गरिएको छ । यो तुवाँलो केही दिन अझै रहने मौसमविद्हरूले जनाएका छन् ।

मेरो लाइफस्टाइलले शनिवार बिहान उपत्यकाको विभिन्न भागमा गएर खिचेका केही तस्बिरहरू ।









