English

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग



युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाले अस्वीकार गरेको छ। रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन रसियाको माग अस्वीकार गरेका हुन्।

युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका छन्।

विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरूले अध्ययन गर्ने रसियाका एक मन्त्रीले बताएका छन्। यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रसियाले एउटा लिखित सूची नै जारी गरेको थियो। तीमध्ये युक्रेनमा नेटोको सम्भावित परिचालन रोक्नु पनि छ।

पछिल्ला सातामा रसियाले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। यो तैनाथलाई अमेरिकालगायत उसका साझेदार राष्ट्रहरूले युक्रेनमाथिको सम्भावित अतिक्रमणका रुपमा लिएका छन्।

यद्यपी, रुसले युक्रेनमा अतिक्रमण नगर्ने बताउँदै आएको छ। युक्रेनलाई नेटोलगायतका सुरक्षा गठबन्धनको हिस्सेदारमा छनौट हुने अधिकार भएको अमेरिकाले तर्क गर्दै आएका छन्।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम