English

हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे, पर्यटक खुसी



बुधबार दिउँसोदेखि लमजुङको उच्च पहाडी भेगमा हिमपात भएको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्ट भिलेज घलेगाउँमा बुधबार दिउँसोबाट हिमपात भएको हो।

समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिउँ परेको स्थानीयले बताएका छन्। यस्तै लमजुङको बेसीशहर नगरपालिका १० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ।

पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुन्द्री सतहबाट १ हजार ९ सय ६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा बुधबार दिउँसोदेखि हिमपात भएसँगै आन्तरिक पर्यटक हिउँ खेल्न पिसहिल पुगेका छन्।

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन्। हिउँ बाक्लो परेकाले घलेगाउँ पुगेका आन्तरिक पर्यटक हिउँमा सेल्फी खिच्न व्यस्त छन्।

दुई वर्षअघि हिउँ परेको घलेगाउँमा पुनः यसवर्ष पनि हिउँ परेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए। उनका अनुसार स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै आन्तरिक पर्यटकहरू समूह-समूह बनाएर हिउँ खेल्न घलेगाउँ पुगेका छन्।

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेक हुँदै मनाङको भूभागसम्मै हिउँले ढाकेको छ। यस्तै पुर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरी लगायतका उच्च पहाडी भेगमा बुधबार दिउँसोदेखि हिमपात भएको छ।

बाँझाखेतको खाँचे र गाउँभाचोक जस्ता बस्ती नजिकै हिउँ परेको र त्यसमाथिका डाँडामा भने बाक्लो हिउँले ढाकेको दृश्य सदरमुकाम बेसीसहरबाटै देखिएको बेसीशहरकी कमला केसीले बताइन्।

यस्तै पुर्वीभेगका ईलमपोखरी, बिचौर, र दुधपोखरी गाउँको उच्च पहाडी भेगमा हिउँ परेको दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङ बताउँछिन्।



सम्बन्धित खबरहरु

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा