English

कोरोना कहर : सीमामा खटिएका स्वास्थ्यकर्मीको बिजोग देख्दैन सरकार



भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यर्की आफैं कोरोना संक्रमित हुँदा खाने व्यवस्थासमेत नभएर समस्यामा परेका छन्। सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन्। तर, खाने व्यवस्थासमेत नहुँदा उनीहरू समास्यमा परेका छन्। ‘घर जाउँ भने परिवारलाई कोरोना सर्छ,’ गौरिफन्टा नाकास्थित स्वास्थ्य विटका संयोजक गणेश साउदले भने, ‘परिवार सुरक्षित बनुन् भनेर यतै बसिरहेका छौं, तर, यहाँ खाने व्यवस्था नै छैन, कसैले हाम्रो वास्ता समेत गरेका छैनन्।’

सीम नाकामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई जानकारी गराइएको उनले बताए।

सीमाको व्यवस्थापन गर्ने तीनवटै निकायलाई जानकारी गराइएको भए पनि कारोना संक्रमित स्वास्थ्यकर्मीको व्यवस्थापनमा कसैले ध्यान नदिएको उनले बताए। ‘कोरोना संक्रमित भएर पनि बाध्य भएर भारतबाट आएका नागरिकको स्वास्थ्य चेकजाँच गराइरहेका छौं,’ स्वास्थ्य इन्चार्ज साउदले भने, ‘काम नगरौं भने भारतबाट आएकाहरू सोझै घर जाने डर छ, काम गर्न पनि समस्या भइरहेको छ।’

‘कोरोना संक्रमित भइ पनि बाध्य भएर भारतबाट आएका नागरिकको स्वास्थ्य चेकजाँच गराइरहेका छौं,’ स्वास्थ्य इन्चार्ज साउदले भने, ‘काम नगरौं भने भारतबाट आएकाहरू सोझै घर जाने डर छ, काम गर्न पनि समस्या भइरहेको छ।’

साउद आफैंलाई समेत कोरोना संक्रमण भएको छ। तीन दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा आफैंलाई कोरोना पोजेटिभ देखिएको उनले बताए। कोरोना पोजेटिभ देखिए पनि नाकामा काम गर्ने जनशक्ति नहुँदा आराम गर्न नपाइएको उनले बताए।

‘पखाला चलेको छ, ज्वरो आएको छ, शरीरका जोर्नी दुखेर धेरै समस्या भइरहेको छ,’ उनले भने, ‘श्वास फेर्न पनि केही समस्या भइरहेको छ, तर, पनि काम गर्न छोडेको छैन, वैकल्पिक जनशक्ति नभएका कारण बाध्य भएर काम गर्नुपरेको छ।’

उनले सामान्य अवस्थामा होटलमा खाना खाने गरेको बताए। ‘तर, संक्रमित भएपछि होलटमा जान मिलेन,’ उनले भने, ‘घर जाँदा पूरै परिवार जोखिममा पर्छन् भन्ने डरले सीमाकै सुरक्षा भवनलाई आइसोलेसन बनाएर बसिरहेको छु, यता बस्न धेरै समस्या छ, न त खाने व्यवस्था छ, न त राम्रो बस्ने व्यवस्था नै।’

पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले भने सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बारेमा ढिलो गरी मात्रै जानकारी पाएको बताए। ‘उहाँहरूलाई दुई-चार दिनअघि नै कोरोना संक्रमण भएको रहेछ,’ मेयर थापाले भने, ‘मैले मंगलबार मात्रै जानकारी पाए, अब व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गछौं।’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन