English

टन्सिल भएमा घरमै गर्नुहोस् यसरी उपचार



रुघाखोकी तथा टन्सिलको समस्या धेरैलाई देखिने स्वास्थ्य समस्यामध्ये एक हो । मौसम परिवर्तनको कारणले धेरैजसोमा टन्सिलको समस्या देखिन्छ । घाँटीको भित्रपट्टि भागमा ब्याक्टेरियल इन्फेक्सन हुनुलाई टन्सिल भन्छ । खानपानमा ख्याल गरिएन भने यसको समस्या बढ्न सक्छ ।

कोरोनाको तेस्रो लहरमा घाँटी तथा टन्सिलको समस्या बढी देखिएकोले हामीले होम आइसोलेसनमा बस्दा केही कुरामा ध्यान दियौँ भने घरमै यसको निवारण गर्न सकिन्छ ।

हाम्रो जिब्रोको ठीक पछाडि हुने छोटो दुई अङ्गलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्छ । तर, यसमा इन्फेक्सन भएको खण्डमा खान पिउनसमेत समस्या हुन सक्छ । त्यसैले, यसको उपचार समयमा नै गर्नुपर्ने हुन्छ । अहिले कोरोनाको तेस्रो लहरमा घाँटी तथा टन्सिलको समस्या बढी देखिएकोले हामीले होम आइसोलेसनमा बस्दा केही कुरामा ध्यान दियौँ भने घरमै यसको निवारण गर्न सकिन्छ ।

नुन तथा बेसार पानीले कुल्ला गर्ने

टन्सिल हुँदा तातो पानीमा नुन तथा बेसार मिसाएर कुल्ला गर्नु एकदमै प्रभावकारी उपाय हो । दिनमा तीनदेखि चारपटक मनतातो पानीमा नुन तथा बेसार मिसाएर कुल्ला गर्नाले टन्सिल सुन्निन कम हुन्छ र दुखाइ पनि कम हुन्छ ।

बेसार पानी पिउने

बेसारलाई नेचुरल पेन किलरको रूपमा लिइन्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । त्यसैले, बेसार पानी पकाएर पिउने तथा कुल्ला गर्नाले टन्सिलको समस्यामा धेरै लाभदायक हुन्छ ।

प्रशस्त मात्रामा मनतातो पानी पिउने

प्रशस्त मात्रामा मनतातो पानी पिउनाले पनि टन्सिलमा राहत मिल्छ । यसको साथै शरीरमा पानीको कमी पनि हुन पाउँदैन ।

सुठो, मरिच र पिपल्ला

सुठो मरिच र पिपला पिनेर त्यसको धूलो एक ग्राम दिनको तीनपटक खाँदा एकदमै फाइदा हुन्छ । यसको सेवनले टन्सिलको समस्यालाई छिटो निको पार्न सहयोग गर्छ ।

खानपानमा ध्यान दिने

माछा मासु तथा धेरै मसला प्रयोग भएको खानेकुराहरू खाँदा समस्या झन् बढ्न सक्छ । त्यसैले, सामान्य दाल भात तरकारी तथा सुप गेडागुडीको झोल खानुपर्छ । तर, धेरै चिसो तथा फ्रिजमा राखेको खानेकुरा खानु हुँदैन ।

तुलसी

तुलसी बहुगुणी वनस्पति हो । टन्सिल भएको अवस्थामा तुलसी पानी पकाएर खाँदा तथा तुलसीको पात चपाउँदा धेरै राहत मिल्छ । यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हर्टअट्याक’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।